Logo

सन्तोष राज गिरीको “साइतको टीका” अल्बम बजारमा आउँदै

सिन्धु पौडेल,दस्तावेज संवाददाता, भाद्र ९ गते, शुक्रबार, २०७४,काठमाण्डौं – संगीत जीवन जिउने पाटो भन्दा कुनै अत्युक्ति नहोला ।  चाहे दुःखमा होस् या सुखमा होस् संगीतले हरेक मानिसको जीवनमा प्रभाब पारेकै हुन्छ ,समग्रमा भन्नुपर्दा संगीत बिना सम्पूर्ण मानव जीवन अधुरो नै हुन्छ ।
 हुनत आजभोलि केहि नेपाली गीत संगीतहरु नेपाली संस्कृतिमा बिकृती हुने खालका पनि भित्रिन थालेका छन् । तरपनि  मानव जीवनमा मेल खाने खालका गीत संगीतले नै सबै श्रोताको मन मुटुमा राज गर्छन् । त्यसो त गायक कलाकारहरु धेरै मेहेनत र संघर्ष गरेर यो क्षेत्रमा प्रवेश गरेका हुन्छ्न् । त्यस्तै संघर्ष गरेर दर्शक श्रोताहरुको मन जीत्न सफल गायक हुन् सन्तोष गिरी ।
काभ्रेपलान्चोकको सापोङ्ग – ३ मा बुवा रामचन्द्र गिरी तथा आमा मैयाँ गिरीको कोखबाट जन्मिएका सन्तोष , २०६८ सालदेखि नेपाली गीत संगीत क्षेत्रमा प्रवेश गरेका हुन् । उनले अहिलेसम्म आधा दर्जनभन्दा धेरै गीतहरुमा स्वर दिईसकेका छन् भने केही गीतहरुमा लय सिर्जना गरेका छन् ।
 माधब खड्काको श्रृजनामा रहेको “बाँचे घर आउँछु नि फर्केर” तथा प्रकाश पुरीको “डाँडैमा लर्के बर ” धेरै भन्दा धेरै श्रोताहरूले मन पराउनुभएको गीत मध्येमा पर्दछ । नेपाली लोक संगीतलाई विश्वभर चिनाउनुपर्छ भन्ने सन्तोष गिरीले दशैको उपलक्ष्यमा “साइतको टीका” बजारमा आउँदै गरेको जानकारी गराएका छन् । गीतादेवी र गोविन्द बाँनियाको स्वर तथा रन्जना अधिकारीको शब्द रहेको यो गीतमा लय भने उनै सर्जक एवं गायक सन्तोष राज गिरीको रहेको छ । गीतलाई मिलन फिल्मस् ले बजार ब्यवस्थापन गर्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्