Logo

गजल प्रतियोगितामा अन्जान यात्री प्रथम

वराज क्षितिज दस्तावेज संवाददाता भाद्र ८ गते बिहीबार २०७४ – १५१ औँ मोतीजयन्तीको अवसरमा तनहुँको दुलेगौंडा स्थित शुक्लागण्डकी एफएम ९७.६ को आयोजना र शुक्ला साहित्य संगमको सह आयोजनामा खुल्ला गजल प्रतियोगिता सम्पन्न भएको छ ।

कवि एवं गजलकार दुर्गा बहादुर शाह “बाबा” को प्रमुख आतिथ्यमा , गत भाद्र ५ गते सम्पन्न भएको सो कार्यक्रममा अनजान यात्री प्रथम, तोया गैह्रे द्दितीय, दीपक त्रिपाठी तृतीय तथा शान्ता बस्तोला र काजु सुनुवारले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

गजलकार जनार्दन दाहाल तथा अथाहसागर तीर्थमान निर्णयक रहेको सो कार्यक्रम , खुल्ला गजल प्रतियोगिताका संयोजक आनन्द सुन्दर श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्