Logo

बाढी पहिरोका कारण मुलुकभर कम्तीमा ४७ जनाको मृत्यु, ३६ बेपत्ता, २० घाइते भएका गृह मन्त्रालयद्दारा पुष्टी

स्तावेज ,श्रावण २९ गते आईतबार २०७४,काठमाडौं – अविरल वर्षाका कारण मुलुकभर गएको पहिरो र बाढीका कारण ४७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री जनार्दन शर्माको सचिवालयका अनुसार आइतबार बिहान पौने ११ बजेसम्ममा देशका विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानबाट ४७ को मृत्यु, ३६ बेपत्ता र २० जना घाइते भएका छन् । त्यस्तै ३ हजार ५ सय ६१ परिवार विस्थापित भएका छन् । 

सुनसरी र रौतहटमा ८/८ जनाको जनाको ज्यान गएको छ भने मोरङमा ५, सिन्धुलीमा ४ को मृत्यु भएको छ । त्यस्तै सुर्खेत, बाँके र झापामा ३/३ जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।  

 

प्रतिक्रिया दिनुहोस्