Logo

सम्बन्धविच्छेद – दीपशिखा शर्मा

उसले मलाई सिर्फ खुट्टाको जुत्ता एवं ओछ्यानको साथीमात्र ठान्न थाल्यो । रातको अँध्यारोमा आफ्नो स्वार्थपूर्तिको लागि लोलोपोतो राख्ने र उ निदाएपछिको सुनसान रात बाहेक कहिल्यैपनि घरमा शान्ति छाएन । मेरो रिसले कहिले बालख छोरी पिट्ने गर्दछ र कहिले तिमीहरू दुवैजनालाई मार्छु भन्छ र आफूपनि मर्छु भन्छ । जीउ नै जोगाउन गाह्रो भो हजुर …………।”

                            – कथाकार 
 
भाद्र महिनाको उखरमाउलो गर्मीले जिउ निकै सिथिल भएको अनुभव भइरहेको थियो । पेसाले वकिल भएकोले जिल्ला अदालतबाट एक जना क्लाइन्टको बहस सकेर असिनपसिन हुँदै बाहिर निस्केर मोबाइल अनमात्र के गरेको थिएँ अफिसबाट रिसेप्सनिष्ट सुष्माको फोन आईहाल्यो । हत्तपत्त कोटको खल्तिबाट मोबाइल झिकेर फोन रिसीव गर्न थालेँ । उनी हतारिंदै भन्दै थिइन् ,“सर हजुरलाई भेट्न एकजोडी दिदी र दाइ बिहानैदेखि पर्खिरहनुभएको छ ।” दिनभरको कामले थकित थिएँ । भोलिको पेशिको पनि तयारी गर्नुपर्ने थियो । एकमन लाग्यो आज फुर्सद छैन भोलि बिहान आउनु भन्नुपर्ला तर किन हो कुन्नि ? मनले मानेन अनि भने, “ल ठिक छ …..एकघण्टा भित्र आईपुग्छु ।”

 अदालतबाट निस्केर सिधै पार्किङतर्फ गएँ । रुमालले पसिना पुछ्दै हतारहतार सिटवेल्ट कसी गाडी स्टार्ट गर्नथालें । काठमाण्डौंको ट्राफिक जाम जो कोहीलाई थाहा भएको कुरा हो । जामबाट हत्तपत्त छुटकारा मिल्दैन । राज्यले यसको समाधानको लागि कुनै पनि ठोस योजना नल्याएकोले हजारौँ पेशाकर्मीहरु यसको चरम मारमा परेका छन् । समयमा कार्यालय पुग्न नसक्दा कैयौँ कामहरू बिग्रिने र तोकिएको समयमा काम गर्न नसक्दा उक्त कार्य फत्तेगर्न महिनौं दिनसम्म कुर्नपर्ने बाध्यता छ ।

 प्रायः म पनि यही ट्राफिक जामको सिकार हुँदै आइरहेको छु । घण्टौं घण्टा जाममा फँसेर समय बर्बाद गरी गन्तव्यमा पुग्दा भेट्नको लागि प्रतीक्षा गरेको मान्छे आफ्नो बाटो लागिसकेको हुन्छ । उफ्…..यो समस्या कहिले हट्ने होला खै ? करिब २ घण्टाको लामो ट्राफिक जामलाई छिचोल्दै बल्लबल्ल अफिस पुगें । बाहिर वेटिङ्ग लाउन्चमा एकजोडि श्रीमान् श्रीमती काखमा बच्चा लिएर मलाई नै पर्खिरहेका थिए । गाडीबाट निस्केर म सरासर रिसेप्सनमा पुगें । अनि रिसेप्सनिष्ट सुष्मालाई उनीहरूलाई पठाउन भने ।

अक्सर अफिसमा मानिसको भिड नै हुन्छ । विशेष गरी कानुनी सल्लाह लिन वा अन्य कामको लागि क्लाईन्टहरुको आवतजावत भई नै रहन्छ । एक छिन श्वास फेर्ने समेत फुर्सद हुँदैन । आफ्नो कक्षभित्र पसेर दिनभरको थकान मार्न आङ तन्काउँदै कुर्सीमा के ढल्केको थिएँ बिहानैदेखि मलाई कुरेर बसेका ती जोडीहरु नमस्कार गर्दै मेरो कक्षमा प्रवेश गरे । मैले सौहार्दतापूर्वक नमस्कार गरेँ अनि उनीहरूलाई नजिकैको सोफामा बस्न इसारा गर्दै भने, “ल भन्नुस् के कामले पाल्नुभयो ?”

“वकिल साहब ! हामी हजुरलाई नै भेट्न पर्खेको”मैले पुलुक्क हेरेँ,त्यहाँ कुरिरहेका जोडीमध्ये महिलाले मेरो प्रश्नको जवाफ दिँदै थिई । 

“भन्नुस् के समस्या आईपर्यो ? ” मैले कार्यालयमा छरिएको फाइलतिर नजर दौडाउँदै भने । भोलिको पेशिको तयारी गर्नुपर्ने थियो । त्यसैले म अलिक हतारमा थिएँ । तर पेसाले नै वकिल भएकोले सबैको समस्या सुन्नुपर्ने थियो ।

“सर हामी सम्वन्धबिच्छेद गर्न आएका………….. ।”अदालती प्रक्रियामा के कसरी जाने हो ? केही थाहा छैन ……….त्यसैले सल्लाह लिन आएका हजुर ! म किंकर्तव्यबिमुढ भएँ । भर्खर २२ वर्षको जस्तो देखिने लोग्नेमान्छे र १८,१९ वर्षकी जस्ती देखिने महिला काखमा चार वर्षकी दुधे बालिका च्यापेर एकोहोरो मलाई हेरिरहेका थिए ।

“भो ……भो……हुने नहुने आरोप नलगाउ……..आफूलाई बढ्ता सुपेरियर नठाने हुन्छ । म माथि दोष थोपरेर आफू पानी माथिको ओभानो बन्न नखोज । न म कसैसँग सल्केकी छु न त कसैसँग जीवन निर्वाह गरौंला भन्ने लागेको छ । के लोग्ने नहुनेले निर्वाह नै गरेका छैनन् र ? दिन रातको कचकच,मानसिक र शारीरिक यातना सहनु भन्दा त बरु राँडै बस्नु फाँडै खानु………. नामर्दको स्वास्नी भएर बस्नुभन्दा त बरु मर्दको कमारो बनेर खानु राम्रो……… कमसेकम मनमा शान्ति त हुन्छ ?” यतिभन्दा रश्मिको आँखामा कुनै बिस्मातको पर्दा थिएन । उ आफ्नो सम्बन्धको डोरीलाई जतिसक्यो चाँडो चुँडाउन चाहन्थी ।

मेरो आँखा सोफामा बालिका च्यापेर बसिरहेकी महिलामा गएर ठोक्कियो । हामी दुवैका आँखा चार हुनगए । गोरो वर्ण,तिखा नयन नक्सा,कालो लामो कपाल,उसले श्रीमानले विदेशबाट ल्याएको परफ्युम शरीरभरि छर्केकीझैं भान हुन्थ्यो । जसको सुगन्धले मेरो अफिस नै मगमगाएको थियो । भड्किलो पहिरन,टाउकोमा कालो चस्मा टल्काएकी, निलो आकाशे सर्ट र हापपेन्टमा सजिएकी महिलाको हाउभाउ हेर्दा झगडाको बिउ उ नै हो कि भन्ने भानपनि हुन्थ्यो । तसर्थ ध्यानलाई अन्तै मोड्दै मैले नै कुराको सुरुवात गरेँ,

“पहिले सुनाउनुस् यथार्थमा भएको के हो ? के बिहेलाई तपाईँहरूले केटाकेटीको खेलजस्तो ठान्नुभएको छ कि क्या हो ?” म कड्कें ।

मेरो कुरा भुईँमा झर्न नपाउँदै लोग्नेमान्छेले भन्न थाल्यो,

 “सर मेरो नाम राज हो । रोजगारको सिलसिलामा हाल दुबईमा बस्छु,अहिले तेस्रो छुट्टीमा आएको,हामीले एक अर्कालाई मन पराएर नै प्रेम विवाह गरेका हौँ । चारबर्ष अगाडि छुट्टीमा आउँदा उसलाई बिहे गरेर छोडेको थिएँ । बर्षदिनभित्रै छोरी जन्मी । उ…त्यही हो छोरी अहिले चारबर्ष पुगी । छोरी भएरपनि म सँग बस्दिन भन्छे । गाउँमा गाईँय गुईँय हल्ला चलेको छ उ अर्कै केटासँग सल्केकी छ रे । उ आँफैंपनि म सँग बस्न चाहन्न । त्यसैले समझदारीले नै सम्वन्धबिच्छेद गर्न आएका”

म आश्चर्यमा परें । राजको कुरा सुनिसकेपछि महिलातिर हेर्दै भन्न थालेँ,“बैनीको भनाई के छ त ?” 

राजको बोली भुईँमा झर्न नपाउँदै उ आक्रोशित हुन लागि । उसको अनुहार एक्कासि बिग्रन लाग्यो ,उ रिसले थरथर काँपिरहेकी थिई ।

उसले म तिर हेरी अनि काखको छोरीलाई सोफामा राखिंदिदै बोल्न थाली,

सर ! आज हजुरले दुवैको कुरा सुन्नुपर्छ । “म काठमाण्डौंमा बसेर पढ्दै थिएँ । यसैबिच राज र म बिच नजानिदो माया बस्यो । हामी एक अर्कालाई मन पराउन थालिसकेका थियौँ । हाम्रो माया दिनपरदिन झ्याङ्गिदै गयो । दुख सुख साटासाट गर्ने र भविष्यका योजना बनाउने हाम्रो नियमित दैनिकी बनिसकेको थियो । समय बित्दै गयो हामी दुईबिचको मायाँप्रिती अरू गाढा हुँदैगयो । अब राज म बिना बाँच्नै सक्ने भइसकेको थियो । मलाई यतिछिट्टै बिहे गर्ने बिचार पनि थिएन । तैपनि राजको तडकभडक र मिठा कुरा र दुबई जाने प्रलोभनमा परि बिहे गर्न राजी भएकी थिएँ । तर बिहे पश्चात् राजले म सँग जुन बाचा कबुल गरेको थियो त्यो पुरा गरेन ।

दुबई जान त परै जाओस् घरमा समेत म माथि राम्रो व्यवहार गरिएन । परिवारले पनि सधैँ मेरो छोराको कोटको फेर समातेर आएकी…… भन्दै तल्लो दर्जाको रूपमा मलाई हेप्ने र हियाउने गर्नथाले । विवाह पश्चातका मेरा दिनहरू अत्यन्त नारकिय र कष्टप्रद बन्न पुगे । कहिल्यैपनि मेरो वैवाहिक जीवनमा खुसीयालीको बहार आएन । बाबु आमाको कुरा सुनेर उ पनि सधैँ सानो सानो कुरामा निहुँ खोज्ने,झगडा गर्ने मात्र गर्नथाल्यो ।

उसले मलाई सिर्फ खुट्टाको जुत्ता एवं ओछ्यानको साथीमात्र ठान्न थाल्यो । रातको अँध्यारोमा आफ्नो स्वार्थपूर्तिको लागि लोलोपोतो राख्ने र उ निदाएपछिको सुनसान रात बाहेक कहिल्यैपनि घरमा शान्ति छाएन । मेरो रिसले कहिले बालख छोरी पिट्ने गर्दछ र कहिले तिमीहरू दुवैजनालाई मार्छु भन्छ र आफूपनि मर्छु भन्छ । जीउ नै जोगाउन गाह्रो भो हजुर …………।”

उ थप्दै थिई,“उसलाई मेरो रूप र सौन्दर्यको औधी डाहा छ………..म परदेश गएको बेला कतिजना केटासँग सल्किस् ? भन्दै सधैँ तनाव दिने टन्न रक्सी धोकेर आधा रातमा रडाको मच्चाउने, कुट्ने पिट्ने ,चरित्रहत्या गर्नेजस्ता घृणित कार्यबाट म दिक्क भएको छु हजुर !

“तँ राम्री भएर गाउँघरका देवर जेठाज्यूलेसमेत बाँकी राखेनन् । तेरो फोहोरी क्रियाकलापले सिङ्गो गाउँनै डुङडुङी गन्हाएको छ दुनियाँको जुठोपूरो चाटेर बस्नुभन्दा त बरु नाङ्गा बुङ्गा नै बस्न जाति भन्छ ।”

हुन त आजकल बिहे गर्नु र सम्बन्धविच्छेद गर्नु कुनै नौलो होइन,नियती नै भइसकेको छ । नेपालमा आजभन्दा ७, ८ वर्ष अगाडि सम्बन्धविच्छेद भनेको बिल्कुलै नौलो र गर्न नहुने कुरा थियो । कथंकदाचित सम्बन्धविच्छेद भइहाल्यो भनेपनि अपवादको रूपमा हुने गर्दथ्यो र त्यसलाई उपेक्षा गर्ने र सामाजिक बहिष्कार गर्ने व्यक्तिहरू अत्यधिक रूपमा थिए । जसको कारण सम्बन्धविच्छेद भइसकेपछि कुनै पनि महिला समाजमा एक्ली र नीरिह हुनुपर्ने बाध्यता थियो ।

सम्बन्धविच्छेद भएकी महिलालाई लिएर अनर्गल कुरा गर्ने, मनोबल गिराउने र समाजमा एक्लो गराउने, सामाजिक क्षेत्रमा सङ्घर्ष गर्न लायक नबनाउने खालका षडयन्त्रहरु हुन्थे । फलतःमहिलाहरु आफ्नो इष्टमित्र साथिसंगी र माइतीबाटै उपेक्षित हुन्थे । उनीहरूको सवालमा आवाज उठाउने सरोकार निकाय र सङ्घ संस्थाहरू कमै थिए । तर आज सम्बन्धविच्छेदका घटनाहरू पत्रपत्रिका र अनलाइन पोर्टलहरु, टेलिभिजन लगायतका मिडियाहरुमा दिनरात तातो बहसको विषय बन्दै आइरहेका छन् ।हरेक दिन अदालतमा सम्बन्ध बिच्छेदको मुद्दा लिएर सयौँ मानिसहरू धाईरहेका हुन्छन् ।

धारावाहिक रूपमा ती दुईको आरोप प्रत्यारोप चलिरहेको थियो । महिला भन्दै थिई,

“सर अब उनीसँग कुनै पनि हालतमा सँगै बस्ने वातावरण छैन तसर्थ हामी अलग हुन चाहन्छौँ । अलग भएपछि मात्र बल्ल यिनको चेत खुल्छ नत्र सधैँ यस्तै हो, यिनको रवैया कत्तिपनि ठिक छैन सर त्यसैले म छुट्टिन लागेकी हुँ ”

“होइन हजुर ! आफ्नो मनपरी गर्नलाई यसलाई सम्वन्धबिच्छेद चाहिएको हो ।”उ कड्कियो अनि सोफामा खेल्दै गरेकी छोरीलाई देखाउँदै भन्दै थियो,

“ल हेर्नुस् हजुर ? मेरो माया नलागेपनि कमसेकम काखको छोरीको त माया गर्नुपर्छ ? यो अबोध छोरीको भविष्यको समेत कुनै चिन्ता छैन यसलाई………….लुठोसँग सल्केर यसको हिम्मत बढेको हो । त्यस्ले कतिदिन हेर्दो रहेछ ? म पनि हेर्छु…….सकुन्जेल प्रयोग गर्छ गर्छ अनि उखुको रस चुसेको छोक्रा झैँ घर न घाटको बनाएर मिल्काएपछि बल्ल चाल पाउँछे” उ अनायस जंगिदै थियो ।

“भो ……भो……हुने नहुने आरोप नलगाउ……..आफूलाई बढ्ता सुपेरियर नठाने हुन्छ । म माथि दोष थोपरेर आफू पानी माथिको ओभानो बन्न नखोज । न म कसैसँग सल्केकी छु न त कसैसँग जीवन निर्वाह गरौंला भन्ने लागेको छ । के लोग्ने नहुनेले निर्वाह नै गरेका छैनन् र ? दिन रातको कचकच,मानसिक र शारीरिक यातना सहनु भन्दा त बरु राँडै बस्नु फाँडै खानु………. नामर्दको स्वास्नी भएर बस्नुभन्दा त बरु मर्दको कमारो बनेर खानु राम्रो……… कमसेकम मनमा शान्ति त हुन्छ ?” यतिभन्दा रश्मिको आँखामा कुनै बिस्मातको पर्दा थिएन । उ आफ्नो सम्बन्धको डोरीलाई जतिसक्यो चाँडो चुँडाउन चाहन्थी ।

म दुवैका कुरा सुनेर आश्चर्यमा परें । दुवै जनाको वादविवादले वातावरण निकै कोलाहलपूर्ण बन्दै थियो । तिनीहरूको झगडा रोकिने कुनै गुन्जाईस थिएन तसर्थ मैले नै दुवैलाई शान्त रहन अनुरोध गरेँ । अनि सम्वन्धबिच्छेदको कानुनी प्रकृयावारे बताएँ र भोलिपल्ट अफिसमा भेट्न अनुरोध गरेँ । म अलिक हतारमा थिएँ । भोलिको कामको तयारी गर्नुपर्ने थियो । तसर्थ दराजबाट फाइलका चाङहरु निकालेर हेर्नथालें । उनीहरू मेरो कुरा सुनेपछि मलाई नमस्कार गर्दै ढोकाबाट बाहिरिए ।तरपनिमनमा एक किसिमको नरमाईलोको अनुभूति भइरहेको थियो । अन्य मुलुकमा फेशनको रूपमा रहँदै आएको सम्वन्धबिच्छेद आज नेपालमा पनि फस्टाएको देख्दा कताकता मनैदेखि नमिठो लागिरहेको थियो ।

उ थप्दै थिई,“उसलाई मेरो रूप र सौन्दर्यको औधी डाहा छ………..म परदेश गएको बेला कतिजना केटासँग सल्किस् ? भन्दै सधैँ तनाव दिने टन्न रक्सी धोकेर आधा रातमा रडाको मच्चाउने, कुट्ने पिट्ने ,चरित्रहत्या गर्नेजस्ता घृणित कार्यबाट म दिक्क भएको छु हजुर !“तँ राम्री भएर गाउँघरका देवर जेठाज्यूलेसमेत बाँकी राखेनन् । तेरो फोहोरी क्रियाकलापले सिङ्गो गाउँनै डुङडुङी गन्हाएको छ दुनियाँको जुठोपूरो चाटेर बस्नुभन्दा त बरु नाङ्गा बुङ्गा नै बस्न जाति भन्छ ।”

प्रत्येक दिन मेरो अफिसमा श्रीमान् श्रीमती आएर वादविवाद नगरेको,झगडा नगरेको,मेरो गोरुको बाह्रै टक्का भनेर नउफ्रेको दिन हुँदैन । पश्चिमी मुलुकको सिको गरी नेपालमा पनि सम्वन्धबिच्छेदका दर्जनौ मुद्धाहरु अदालतमा ह्वात्तै बढेको देख्दा भोलिको हाम्रो समाज कस्तो होला भन्ने अनौठो छट्पटी हुन्छ मलाई । हुन त मन नमिलेपछि सम्वन्धविच्छेद गर्नु कुनै ठुलो कुरा होइन तथापि एकतर्फी रूपमा स्थापित भएका हाम्रा सामाजिक मूल्य र मान्यताहरू यसरी थुप्रिरहेका छन् कि तिनलाई सजिलैसँग नकार्न सकिने अवस्थापनि छैन ।

अन्तर्राष्ट्रिय स्तरबाट अगाडि बढेको महत्त्वपूर्ण फड्को इन्टरनेट, टेलिभिजन, पत्रपत्रिका जस्ता सामाजिक सञ्जालहरुको सिको गरी फेसबुक तथा अन्य सञ्जालहरुमा आफ्नो एकाउन्ट खोल्ने, देशविदेशका साथीहरू बनाउने, उनीहरूको खानपान, लवाई, खवाईको देखासिकी गर्ने, आफ्नो घरमा बसेर यिनै सामाजिक सञ्जालको माध्यमद्दारा विभिन्न राष्ट्रको सांस्कृतिक, आर्थिक, सामाजिक गतिविधिहरुको अवलोकन गर्ने, मौलिक हक समानता र स्वतन्त्रता खोज्ने आज आम नेपाली महिलाको दैनिक क्रियाकलाप भइसकेको छ । जसले गर्दापनि सम्बन्धविच्छेदका घटनाहरू बढ्दै गइरहेका छन् ।

बुवा/आमाको संरक्षणमा रहँदा पाएको सुख, सान, शौकत अनि स्वतन्त्रता विवाह पश्चात् श्रीमानको घरबाट पनि प्राप्त होस् भन्ने चाहना जुनसुकै नारीमा पनि हुन्छ । तर जतिसुकै नारी/पुरुष समान र स्वतन्त्रताका राग अलापेपनि विवाह पश्चात् कुनै पनि नारीलाई श्रीमानको घरमा माईतिको जस्तो स्वतन्त्रता प्राप्त हुन सक्दैन । फलतः पारिवारिक जीवनमा उतारचढाव आउन थाल्छ ।

जतिसुकै शिक्षित र घरानिया परिवार भए पनि आखिर बुहारीलाई बुहारीकै दर्जामा राख्न खोज्ने पितृसत्तात्मक परिवार भएकोले महिलाले चाहेर पनि सो परिवारको व्यवहार र चलनलाई परिवर्तन गर्न सक्दैनन् । अन्ततः पारिवारिक जीवनमा विचलन आउन थाल्छ । बिहे भएको २,४ वर्ष वैवाहिक जीवन सुखद रहेपनि बिस्तारै पारिवारिक जीवनमा तनावपुर्ण स्थिति पैदा हुँदै जान्छ ।

श्रीमान् श्रीमती अनि परिवार बिच समझदारी नहुनु, श्रीमान् लगायत सम्पूर्ण परिवारले महिलालाई संघै तल पार्नु, रोजगारको अभाव, आर्थिक मन्दी, महंगी, गरिबी आदिजस्ता आन्तरिक कारणले गर्दा नेपालमा सम्बन्धविच्छेदको सङ्ख्या दिनप्रतिदिन बढ्दैछ ।

                                                                    ०००००

राज र रश्मि मेरो अफिसबाट ओझेल भईसकेका थिए । म आफ्नो काममा मन लगाउन थालेँ यत्तिकैमा मेरो ध्यानलाई रिसेप्सनिष्ट सुष्माले भङ्ग गरिदिई ।

“सर ! साँझको ५ बजिसक्यो अब म घर जाउँ कि ? भोलि बिहान छिट्टै आउँला बरु । ”मैले सहमतिमा टाउको हल्लाउँदै हुन्छ भने अनि आफ्नो काममा ध्यान दिन थालेँ ।

अब मेरो सहयोगी पनि कार्यालयबाट बाहिरिईसकेकी थिई । अब म बिल्कुल एक्लो थिएँ । तर मेरो मन मस्तिष्कमा राज र रश्मिको चेहरा झल्झली आइरहेको थियो । लाऊँ लाऊँ र खाउँ खाउँको उमेरमा अदालतको ढोका ढक्ढक्याउन आएका राज र रश्मिको भावी जीवन कस्तो होला ? म पीडाबोधले भित्रभित्रै छट्पटाउन थालेँ । तर उनीहरूलाई यसको कुनै पनि पर्बाह थिएन । रश्मिलाई अर्कै संसारको मोह थियो भने राज ईर्श्या र हीनताबोधको सिकार भएको थियो ।

“ल हेर्नुस् हजुर ? मेरो माया नलागेपनि कमसेकम काखको छोरीको त माया गर्नुपर्छ ? यो अबोध छोरीको भविष्यको समेत कुनै चिन्ता छैन यसलाई………….लुठोसँग सल्केर यसको हिम्मत बढेको हो । त्यस्ले कतिदिन हेर्दो रहेछ ? म पनि हेर्छु…….सकुन्जेल प्रयोग गर्छ गर्छ अनि उखुको रस चुसेको छोक्रा झैँ घर न घाटको बनाएर मिल्काएपछि बल्ल चाल पाउँछे” उ अनायस जंगिदै थियो ।

उनीहरू एक अर्कालाई माया त गर्दथे तर रुमानी संसारलाई आफ्नो परिवेश अनुसार आत्मसात गर्न सकेका थिएनन् । तसर्थ उनीहरूको सम्बन्धको डोरी कमजोर बन्दै गइरहेको थियो । राजले रश्मिको सौन्दर्यमा लठ्ठ भएर ललाई फकाई गरी उसँग बिहे गरेको थियो । उ हमेसा रश्मिलाई आँखा वरिपरि राख्न चाहन्थ्यो । अन्तै बहकिन सक्ने डरले उ रश्मिलाई हमेसा आफ्नो काबुमा पार्न चाहन्थ्यो, रश्मि उन्मुक्त पंक्षी झैँ स्वतन्त्र रूपले बाँच्न चाहन्थी ।

रश्मिको यो रवैया राजलाई कुनै पनि हालतमा स्वीकार्य थिएन तर रश्मिले राजको चाहनालाई कहिल्यै बुझ्ने प्रयास गर्न सकिन । वैवाहिक जीवनलाई सुमधर बनाउने कोसिस उसले कहिल्यै गर्न सकिन । न उसमा श्रीमान् रिझाउने कला नै थियो, न त उसले विवाहजस्तो संवेदनशील विषयलाई गहिरिएर सोच्न नै सकी । आफ्नो सानो संसार र बाहिरी रंगीन वातावरणमा सामन्जस्य ल्याएर बाँच्न नजान्दा उनीहरूको पारिवारिक जीवन नारकिय बन्न गएको थियो । त्यसैले सम्बन्धविच्छेद गरी छुट्टिनु बाहेक अरू कुनै विकल्प थिएन ।

म झल्याँस्स भएँ………मेरा आँखा फाइलमा थिएनन् ,मन मस्तिष्क नै अन्तै थियो । म ती दुई लोग्नेस्वास्नीको समस्याबारे गम्भीर सोचमा डुबिरहेको थिएँ । मौनतालाई चिर्दै घडी हेरेँ,साँझको ७ बजिसकेछ । भोलिको पेशीको लागि विशेष तयारी गर्नुपर्ने थियो । तसर्थ राज रश्मिको यादलाई पन्छाउँदै पूर्ववत् आफ्नो काममा लाग्न थालेँ ।

         [email protected]

 प्रकाशित मिति २०७४ साल श्रावण १५ गते आइतबार
                                                                   

                                                                               ०००००

प्रतिक्रिया दिनुहोस्