Logo

गोलभेंडा व्यवसायबाट सफल बनेकी एक उध्यमी : दीपशिखा शर्मा

रदेशी भूमीमा रगत र पसिना बगाउनुभन्दा त बरु स्वदेशको माटोमै केहि गरेर आत्मस्वाभिमानले बाँच्नु उत्तम हुन्छ । यो

भनाईलाई स्वदेशमै व्यवसाय गरेर बस्ने केहि उध्यमी युवाहरुले प्रमाणित गरिदिएका छन् । परदेशिएका युवा जनशक्तिहरु बर्षौं

बर्षसम्म बाहिर परिश्रम गरेर सोही ठाउँबाट सम्भावनाको खोजी गरि आफ्नो थातथलो फर्केर सामुहिक तरकारी खेतीतर्फ आकर्षित

हुने युवा जमातको आजकल लर्को नै लागेको छ ।

जाँगरिला उध्यमशिल युवा व्यवसायीहरुको लहरमा एक ईंटा थप्ने काम एक महिला उध्यमीले गरिदिएकी छिन् । जसको नाम हो

साबी पाठक । ईजरायलमा रहँदा साहित्य लेखनतर्फ उन्मुख भएर उपन्यास लेखन लगायत बिभिन्न सामाजिक संघ संस्था एवं

साहित्यिक संस्थाहरुमा आवद्ध भएकी साबी पाठकको पूरानो घर चावहिल हो । उनको श्रीमान प्रेस व्यवसायी हुन् । उनि “नारीका लागी

नारी” नामक सामाजिक संस्थाकी संस्थापक अध्यक्ष समेत रहेकी छिन् । उनको संस्थाले बझाङ्ग जिल्लामा पीडित वादी समूहका

महिलाहरुलाई सिपमुलक तालिम दिनुका साथै उनका छोराछोरीहरुलाई पठन पाठनको लागि सहयोग गरिरहेको छ ।

दिनरात मेहनत गरेर लामो समयसम्म परदेशमा रहेर फर्केपछि पनि उनको मनले यत्तिकै हात बाँधेर बस्न मानेन । तसर्थ उनले

आफ्नो श्रीमानको पेशालाई नरोजी आफ्नो खुट्टामा आफैं उभिन कृषि व्यवसाय नै रोजिन्  ।  उनले  भाई  राजकुमार त्रिपाठी  र

ईजरायलमा साढे २ बर्ष कृषिमा अध्ययन गरेर फर्केका भाई श्रीकृष्ण सिलवालको सहयोगमा व्यवसायिक तरकारी खेती गरी

आत्मनिर्भर हुने निधो गरिन् । उनको तिब्र ईच्छ्याशक्ति र आत्मविश्वासको कारण उनैको पहलमा “क्लिन एग्रिकल्चर प्रा.लि.”

नामक कम्पनी दर्ता गरियो । जसको उनि संस्थापक अध्यक्ष हुन् । कम्पनी दर्ता हुनासाथ नागार्जुन नगरपालिका वडा नं – ६ रामकोट

स्थित टोलमा १५ रोपनी क्षेत्रफलमा उनले तत्काल तरकारी व्यवसाय शुरु गरेकी छिन् ।  उनिले २० रोपनी जग्गा ५ वर्षको लागि

प्रतिरोपनी प्रतिवर्ष रु २० हजारको दरमा लिजमा लिएपछि बाँस र प्लास्टिक प्रयोग गरी २० वटा टनेल तयार गरिन् ।  टमाटर  र अन्य

तरकारी लगाई सक्दा १५ लाख लगानी पुगिसक्यो ।  

 

भाडामा लिएको जग्गामा टमाटर,लौका,काँक्रो,मकै,फर्सी,भान्टा,रायोसाग,चम्सुर पालुङ्गो बारीभरी लटरम्म फलेको देखिन्छ ।

तरकारी व्यवसायको लागि आवश्यक पर्ने मलको परिपूर्ति गर्न गाईपनि पालिएको छ । जसमा १० जना कामदारहरुले प्रत्यक्ष रोजगार

पाएका छन् । चैत्रको पहिलो हप्तामा रोपिएको टमाटर २ महिनामा तयार गरेर हालसम्म ६ पटकसम्म बिक्री वितरण गरिएको उनले

बताईन् । टमाटर खेतीबाट अहिलेसम्म ५ लाखसम्म आम्दानी भईसकेको छ । यो बर्ष १६ लाख भन्दा बढी कमाउने र सम्पूर्ण लगानी

उठाउने उनको योजना छ । बारिमा लटरम्म टमाटर फलेको मनमोहक दृष्य देख्न सकिन्छ । बारिमा फलेका तरकारीहरु रोगब्याध

नलागेमा मंसीरसम्म लगातार टिप्न मिल्ने उनि बताउँछिन् । उनको परिश्रम, योजना र उनको दृढ निश्चय हेर्दा कुनै पनि नेपाली

युवाले विदेस जान आवश्यक रहेनछ भन्ने नै देखिन्छ । जसको उचित रेखदेख गर्न जानेमा प्रशस्त आम्दानी गर्न सकिने उनको ठहर

छ । त्यसका लागि प्रशस्त मलजल र स्याहार सुसारको आवश्यकता पर्दछ । शुरुमा बिग्रेको माटोलाई मलिलो र खुकुलो बनाउन

प्रशस्त गाईको गहुँत र गोबरमल किनेर राखेको उनले बताईन् ।  

 ईजरायलमा १० बर्षसम्म काम गरेर बिभिन्न अनुभव र अनुभतीहरु सँगाल्दै नेपालमा अदम्य साहस र हिम्मत लिएर व्यवसायिक

तरकारी खेतीतर्फ उन्मुख हुने सफल उध्यमी महिलाको रुपमा साबी पाठकले आफूलाई प्रमाणित गरेर समाजमा रहेका उध्यमशिल

महिलाहरुमाझ एक उदाहरणिय कार्य गरेकी छिन् । ईजरायलमा ३० हजार देखी ३५ हजारको हाराहारीमा महिला तथा पुरुष

कामदारहरु रहेका छन् । पुरुषहरुलाई बाहिर जती सहज छ महिलाहरुलाई त्यतिनै कठिन छ । तसर्थ महिलाहरु परदेशमा गएर गुलामी

गर्नुभन्दा स्वदेशमै आत्मनिर्भर हुनेतर्फ लाग्नुपर्ने उनि बताउँछिन् । 

 

त्यसको लागि सरकार तथा सरोकार निकायबाट युवा उध्यमीहरुको लागि सिपमुलक तालिम,कृषि प्रशिक्षण लगायत आयमुलक

काममा अग्रसर गराउन आवश्यक पहल गर्नुपर्ने देखिन्छ । अधिकांश महिलाहरु घरमा बसेर गफ चुट्ने काम नगर्ने अरुको उछित्तो

काढ्नेमात्र गरेको देखिन्छ । तमाम महिलाहरु सधैं अर्काको भर परेर अनावश्यक समय वर्वाद गर्नुभन्दा बरु २,४ पैसा कमाउनको

लागि अगाडि बढ्नुपर्ने उनको धारणा रहेको छ । व्यवसायिक रुपले कृषि पेशामा होमिएकी साबी पाठकको भविष्यको योजना गाई र

कुखुरा पालनलाई अगाडि बढाउने,कृषि फर्म बिस्तार गर्ने,कृषक ट्रेनिङ्ग सेन्टर सन्चालन गर्ने,मल बिउ,बिजन, बिषादी,बजार

व्यवस्थापन तथा बिक्री सेन्टर खोल्ने रहेको छ । उध्यमी महिला साबी पाठकको भविष्यको योजना छिट्टै पुरा होस् ,दस्तावेज डट

कमको तर्फबाट हार्दिक शुभकामना । 

[email protected]

प्रकाशित मिती २०७४ असार ३१ गते शनिबार 

 

प्रतिक्रिया दिनुहोस्