Logo

गजल – पुष्पा धमला

 
अन्धविश्वासले समाज लुटिंदैछ आज 
 
 दलित मन्दिरमा पस्दा कुटिदैछ आज 
 किन हुन्छ भेदभाब यो हाम्रो समाजमा
 त्यसैले त  हाम्रो धर्म  भुटिदैछ आज 
 फूलपाती बोकेर मन्दिर सम्म पुग्दा
 मुर्तिलाई देखी बिश्वास टुटिदैछ आज 
 
 मायाँ र विश्वासमा  बाँधिएको डोरि
 जात भातको कारण चुडिंदैछ आज
 तिम्रो र हाम्रो साथिको यो नातापनि
 घर समाजको डरले छुटिंदैछ आज 
 नेपाल आमाको सन्तान सबै मिलेर 
 अत्याचारको बिरुद्ध जुटिंदैछ आज 
प्रकाशित मिती २०७४ साल असार २४ गते शनिबार
प्रतिक्रिया दिनुहोस्