Logo

कविता : मेरा अनुभूतिहरू

 
 – ममता कर्माचार्य
अधुरो,रातलाई,बोकेर,
बर्षौदेखि अधुरो कोरिएको,चित्र
बनेको छ सप्त रंगहरूले
कोमल,निश्चल,चोखो,छुट्टै,
अलग रंगले पोतिऐको छ।
विभिन्न विभिन्न आफ्नै बिशेषतामा
 पाउँछु ति चित्रमा,
कहिले बुद्द  वनी सामु उभिंदिदा
जीवनको परिभाषामा पारिभाषित हुन्छौ ।
कहिले मदर टेरेसा बनी मलाई,
अंगालो पोखिदिदा,
मानवीयता सेवा नै बाॅच्नुको,
रहस्यमय बाटो हुन्छौ ।
अनि,कहिलेकाहिं
मुरलीको धुनले,
 मायाँको सागरमा
स्पर्शले,छोपिदिदा
सगरमा उढेका
उध्देव, आनन्दहरू ,
तरंगीत वनी
समर्पित,हुन्छौ ।
ति तिम्रा अनुहारमा कोरिएको 
रंगीन रेखांकितमा,
जीवन अनुवादको यात्रा,निधारित
पोखिएको हुन्छौ ।
तिमी र म
वास्तविकताको परिधीमा,कोरिएको
चित्र, समझदारी र यथार्थमा
अनमोल  चित्र छ।
कहिले नमेटिने गरी,
कोरिएको मुटुमा मुर्त चित्र ,
ढुक्क छु,
ह्दयको संग्रहालयमा
मेरो भनेर
मेरा अनुभूतिहरूमा,
प्रकाशित मिती २०७४ साल असार १५ गते बिहिबार
         हाल बोस्टन अमेरिका 

 

प्रतिक्रिया दिनुहोस्