Logo

रुपचन्द्र विष्ट अब फिल्ममाः ‘रुदाने’ को फस्टलुक सार्वजनिक

स्तावेज संवाददाता,असार ९, २०७४ काठमाडौं- ‘थाहा’ दर्शनका प्रणेता तथा बरिष्ठ राजनीतिज्ञ रूपचन्द्र विष्टको जीवनीमा आधारित फिल्म ‘रुदाने : विद्रोहको नेपाली नाम’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । थाहा आन्दोलन मार्फत समाज चेतना जगाउन हिँडेका रुपचन्द्र विष्टका योगदान अब पर्दामा हेर्न पाइने भएको छ।  श्री विष्टको वास्तविक जीवनमा आधारित रहेर चलचित्र ‘रुदाने : विद्रोहको नेपाली नाम’ निर्माण गरिएको हो । 

 विष्टको १८ औं स्मृति दिवसको अवसर पारेर फिल्म युनिटले बुधबार फस्टलुक स्वरूप दुई पोस्टर सार्वजनिक गरेको हो । एउटा पोस्टरमा रूपचन्द्रकै भूमिका निर्वाह गरेका कलाकार दिव्यदेव हयान्डमाइक समातेर सम्बोधन गर्दै गरेका देखिन्छन् भने अर्को पोस्टरमा आँखामा पट्टी बाँधेर बसेका जनमानसलाई भाषण सुनाउँदै गरेका रूपचन्द्रलाई पछाडिबाट प्रस्तुत गरिएको छ । 

रूपचन्द्रको जीवनी र थाहा दर्शनका महत्वपूर्ण पाटाहरू समेटेर तयार पारिएको फिल्मलाई अमित किशोर सुवेदी र विकास ढकालले संयुक्त रूपमा लेखन अनुसन्धानका साथै निर्देशन पनि गरेका हुन् । ‘दावानल क्रिएसन’ले थाहा यात्रासँगको सहकार्यमा निर्माण गरेको ‘रुदाने’ को निर्माता जागृत रायमाझी हुन् ।‘भारतीय शान्ता राओको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन र जेशन कुँवरको संगीत रहनेछ । रुपचन्द्र विष्टको भूमिकामा अभिनय गरेका दिव्यदेव सहित  रुदाने’ मा ‘गाँठो’ डेब्यु नायिका नम्रता श्रेष्ठ, रवि गिरी, सुभाष गजुरेल, अमर सुवेदी लगायत सयभन्दा बढी कलाकारको अभिनय समेटिएको छ । चलचित्र निमेष श्रेष्ठको सम्पादन र जेशन कुँवरको संगीत रहेको छ । समग्रमा रुपचन्द्रको सिङ्गो जीवन र ‘थाहा’ दर्शनका महत्वपूर्ण पाटाहरु समेटेर चलचित्र निर्माण गरिएको हो।   बहुआयामिक व्यक्तित्व बोकेका विष्टको विभिन्न पाटाको चार वर्षको अनुसन्धानपछि फिल्मको पटकथा तयार पारिएको कूरा निर्देशकमध्येका एक विकास ढकालले बताए । उनका अनुसार, रूपचन्द्र बनारस छँदाको केही दृश्य खिचेपछि सुटिङ सकिनेछ । चलचित्र तयार पार्न रुपचन्द्र विष्टको बारेमा चार वर्ष अनुसन्धान गरिएको निर्माण टिमले दिएको छ ।  २०७४ सालको अन्तिमतिर प्रदर्शनमा ल्याइने तयारीमा रहेको चलचित्रले वि. सं. २००० देखि २०५६ भित्रको देशको परिस्थिति बुझ्न सकिने निर्माण पक्षले दावी गरेको छ। ‘रुपचन्द्रको चेला भएको उहाँको जीवनसँग पनि जोडिएकोले चलचित्र निर्माण गरेको’, निर्माता जागृत रायमाझीले बताए।
    निर्माता रायमाझीले भने आफू रूपचन्द्रकै चेला भएकोले पनि गुरुको जीवनीमा फिल्म बनाउन लागि परेको बताए । ‘पुरानो पुस्ताले बिर्सिसकेको र नयाँ पुस्तामाझ किंबदन्तीजस्तै बनेका रूपचन्दको जीवन र ‘थाहा’ दर्शनसँग सम्बन्धित अनेकौं पाटा बाहिर ल्याउने उद्देश्यले ‘रुदाने’ निर्माण गरेका हौं,’ निर्देशक मध्येका अर्का सुवेदीले बताए । सधै सत्य बोल्ने र ठीक काम मात्र गर्ने रुपचन्द्रको जीवन सबैका लागि उत्प्रेरणाको स्रोत बन्न सकोस् भनेर चलचित्र निर्माण गरिएको सहायक निर्देशक विकास ढकालले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्