Logo

कार्डिफमा पाकिस्तान विश्वकै आठ टिमको प्रतियोगितामा उत्कृष्ट

जेष्ठ ३१, २०७४- कप्तान सरफराज अहमदले च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा बुधबार इङल्यान्डको सामना गर्दा आफ्नो टिम आत्मविश्वासी हुने बताएका छन् ।

पाकिस्तानले सोफिया गार्डेनमा केही दिन अन्तरमा खेल्न लागेको यो दोस्रो महत्त्वपूर्ण खेल हुनेछ । यसअघि सोमबारमात्र पाकिस्तानले श्रीलंकामाथि तनावपूर्ण जित निकालेको थियो । यो जितसँगै पाकिस्तानले अन्तिम चारको यात्रा गरेको हो, विश्वका उत्कृष्ट आठ टिमको प्रतियोगितामा । 

जितका लागि २ सय ३७ रनको झिनो लक्ष्य पछयाइरहेको भए पनि पाकिस्तान एक समय ६ विकेट गुमाएर १ सय ३७ रनको खराब स्थितिमा थियो । तर त्यसयता सरफराजले श्रीलंकाबाट उपहार प्राप्त दुई जीवनदानको मद्दतले उत्कृष्ट ६१ रन बनाए । उनी नटआउट थिए । उनलाई २८ रन बनाएर मोहम्मद आमिरले पनि बलियो साथ दिए । उनीहरूले आठौं विकेटमा निर्णायक साबित ७५ रनको ठोस साझेदारी गरेका थिए । 

कार्डिफको मैदानमा विकेटकिपर ब्याट्सम्यान सरफराजले आत्मसात गरेको यो दोस्रो प्रख्यात जित हो । यसअघि अघिल्लो वर्ष मात्र पाकिस्तानले इङल्यान्डलाई यसै भूमिमा ४ विकेटले हराएको थियो । त्यति बेला पाकिस्तानले ३ सय ३ रन सफलतापूर्वक पछयाएर ह्वाइटवास गर्न दिएको थिएन ।

 ‘हामीले यहाँ पछिल्लो पटक खेल्दा तीन सय रन पछयाएका थियौं । त्यसैले कार्डिफमा खेल्दा हाम्रो टिम आत्मविश्वासी हुने गर्छ,’ सरफराजले भने । उनको जस्तै दाबी आए पनि एउटा तथ्य निश्चित छ, इङल्यान्ड टिममा त्यस सिरिजयता निकै सुधार आएको छ । 

पछिल्लो वान डे विश्वकपयता लगातार सबैभन्दा राम्रो खेलिरहेको टिम इङल्यान्ड नै हो । सन् २०१५ को विश्वकपको समूह चरणबाटै बाहिरिएपछि इयान मोर्गनको नेतृत्वमा इङल्यान्डले यसपल्टको च्याम्पियन्स ट्रफीमा उत्कृष्ट खेलेको छ । अहिलेसम्म खेलेका सबै तीन खेलमा उत्साहजनक जित निकालेको छ । ‘इङल्यान्ड निकै राम्रो टिम हो, यसमा शंका छैन,’ सरफराजको भनाइ छ, ‘राम्रो टिम विरुद्ध खेल्दा आफू पनि सकारात्मक हुने गर्छ । हामी इङल्यान्डविरुद्ध यस्तै हुनेछौं,’ उनले थपे ।

        एएफपी

 

प्रतिक्रिया दिनुहोस्