Logo

अमेरिका र अष्ट्रेलियामा नेपाली फिल्म अवार्ड गरिने घोषणा

स्तावेज संवाददाता,जेष्ठ १७ गते,काठमाण्डौं,गत मंगलबार भएको एक प्रेस सम्मेलनमा नेपाल चलचित्र संघले अमेरिकाको टेक्सास र अष्ट्रेलियाको सिड्नीमा नेपाली फिल्म अवार्ड गरिने घोषणा गरेको छ । यसका साथै नेपाल चलचित्र संघले ‘सिने क्विज’ र ‘मुभी अफ द मन्थ’लगायतका कार्यक्रमको आयोजना गर्ने भएको छ । २०१७ मा अमेरिकाको टेक्सासमा र २०१८ मा अष्ट्रेलियाको सिड्नीमा ‘नेम्पा फिल्म अवार्ड’ हुने नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदयले जानकारी दिनुभएको छ ।
        नेपाल चलचित्र संघ र नेपाल फिल्म सोसाइटीको सहकार्यमा ’मुभी अफ द मन्थ’ र क्यूएफएक्स सिनेमा हलको प्रायोजनमा ’सिने क्विज’ कार्यक्रमको आयोजना गर्न लागेको हो । अमेरिकामा हुने ’नेम्पा फिल्म अवार्ड’ को विषयमा जानकारी दिँदै डि.ए.वि.एस. इन्टरटेन्मेन्टका अर्जुन सुवेदीले, “अन्तराष्ट्रिय स्तरको नेपाली फिल्म अवार्ड गर्ने उद्देश्यले अमेरिकामा नेम्पा फिल्म अवार्ड २०१७ को आयोजना गर्न लागेको बताउनुभयो ।”
       यस्तै, “के गरिरा डटकम” अष्ट्रेलियाको सहकार्यमा अष्ट्रेलियाको सिड्नीमा हुने ’नेम्पा फिल्म अवार्ड’ की संयोजक अर्चना थापाले नेपाली फिल्मलाई विश्व बजारमा चिनाउनका लागि पनि अष्ट्रेलियामा अन्तराष्ट्रिय स्तरको नेपाली फिल्म अवार्ड गर्न लागेको जानकारी दिनुभएको छ । अष्ट्रेलियामा पछिल्लो समय धेरै नेपाली फिल्महरु प्रदर्शन हुँदै आइरहेको छ । त्यसैले पनि किन नेपाली फिल्म अवार्ड चाहिँ नगर्ने भन्ने उद्देश्यले २०१८ मा ’नेम्पा फिल्म अवार्ड’ गर्न लागेको आयोजक संस्थाले जानकारी दिएका छन ।

      उक्त कार्यक्रममा १८ विधामा अवार्ड वितरण गरिनेछ भने १ जना चलचित्रकर्मिलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने नेपाल चलचित्र संघले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । अमेरिकामा यस बर्ष आयोजना हुने ’नेम्पा फिल्म अवार्ड’ का लागि २०७३ सालमा सार्वजानीक प्रदर्शनमा आएका नेपाली फिल्महरुले यही जेष्ठ मसान्तसम्म नेपाल चलचित्र संघको कार्यालयमा दर्ता गरिसक्न चलचित्र संघले विज्ञप्ती मार्फत आव्हान गरेको छ ।
       यस्तै नेपाल चलचित्र संघले यसै वर्षदेखि बिध्यार्थीबीच नेपाली फिल्मको बारेमा बहस र छलफलको वातावरण बनाउँदै बिध्यार्थी हरुलाई नेपाली फिल्मप्रति अभिरुचि जगाउने उद्देश्यले फिल्म क्षेत्रलाई मात्र समेटेर ‘सिने क्विज’ र ‘मुभी अफ द मन्थ’ लगायतका कार्यक्रम पनि आयोजना गर्दैछ । ‘मुभी अफ द मन्थ’ को विषयमा जानकारी दिँदै नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले भने, “अहिले नेपाली फिल्मको ठूलो संख्यामा दर्शक रहेको, यसमा पनि चलचित्रका असल दर्शक भनेकै युवा जमात रहेको भन्दै यस्ता कार्यक्रमले अझै दर्शक बढ्ने बताए । खासगरि बिध्यार्थीमाझ हाम्रो आफ्नै देशको फिल्महरुलाई पुर्याउन सक्यौं भने भविष्यमा नेपाली चलचित्रको स्तर बढाउनुका साथै व्यवस्थित र समृद्ध बजार बनाउन सकिने बताउनुभयो । त्यसैले हामीले बिध्यार्थीबाट नेपाली फिल्मलाई पुराउनका लागि ‘मुभी अफ द मन्थ’ आयोजना गर्दैछौं । नेपाल चलचित्र संघसँग मिलेर हामीले बिध्यार्थी माझ नेपाली फिल्म देखाउने र बहस गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गर्न लागेका हौं ।”
    यस्तै ‘क्यूएफएक्स सिने क्विज’ भने ३ चरणमा गरिनेछ । प्रथम चरणमा पूर्वाञ्चल ९.नारायणी नदी पूर्वका ८ जिल्ला, पश्चिामाञ्चल ९ नारायणी नदी पश्चिमका १० जिल्ला, उपत्यकका ४ जिल्लाका विभिन्न कलेजहरुबीच हुनेछ भने दोश्रो चरणमा पूर्वाञ्चलका ८ जिल्लाका ८ टिम बीच पूर्वाञ्चल स्तरीय र पश्चिमाञ्चलका १० जिल्लाका १० टिम बीच पश्चिमाञ्चल स्तरीय उपत्यकाका ४ जिल्लाका ४ टिम बीच उपत्यका स्तरीय प्रतियोगिता हुने चलचित्र संघका अध्यक्ष प्रदीप उदयले जानकारी दिनुभएको छ । उहाँका अनुसार, अन्तिम चरणमा काठमाण्डौमा पूर्वाञ्चलका २ टिम पश्चिमाञ्चलका २ टिम र काठमाण्डौको १ टिम गरी ५ टिम बीच अन्तिम प्रतिस्पर्धा गराई विजेता घोषणा गरिने जानकारी प्राप्त भएको छ । 

प्रतिक्रिया दिनुहोस्