Logo

रुपन्देही च्यालेन्जर्स डीपीएलको प्ले अफमा प्रवेश

वैशाख १, २०७४- सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत पाँचौं दिनको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले लगातार तेस्रो जित हात पारेको छ । शुक्रबार बिहान भएको खेलमा च्यालेन्जर्सले काठमाडौं गोल्डेन्सलाई १५ रनले पराजित गरेको हो।

रुपन्देही च्यालेन्जर्स यो जितसँगै प्ले अफमा स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ । च्यालेन्जर्सले अझै २ खेल खेल्न बाँकी छ भने काठमाडौं गोल्डेन्सको एक खेल खेल्न बाँकी छ । जसमा २ जित र २ हार निकालेको छ

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्