Logo

वर्ल्ड ब्युटी च्याम्पियनमा नेपालकी फुर्दिकीले प्रतिनिधित्व गर्ने

वैशाख २७, २०७४,ब्युटिसियनहरूको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘वर्ल्ड ब्युटी च्याम्पियन’ मा यस वर्ष फुर्दिकी शेर्पाले नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् । प्रतियोगिता शनिबारदेखि दुबईमा आयोजना हुँदै छ ।

भोजपुरकी फुर्दिकी काठमाडौंमा रहेर सौन्दर्य व्यवसायमा सक्रिय छिन् । उनलाई प्रतियोगितामा ई–प्लानेट नेपालले पठाउन लागेको हो । 

३५ भन्दा बढी मुलुकका सौन्दर्य व्यवसायीहरू सहभागी रहने प्रतियोगितामा सौन्दर्य व्यवसायीहरूको अन्तर्निहीत प्रतिभा उजागर गर्दै कामप्रतिको लगाव र आत्मविश्वास बढाउने उद्देश्य रहेको उक्त प्रतियोगितामा सीटीईभीटी धरानबाट ब्युटिसियनको कोर्स गरी सौन्दर्य व्यवसायमा होमिएकी फुर्दिकीले एड्भान्स कस्मेटोलजी हुँदै आधुनिक मेकअप कोर्स, नेल आर्ट, हेयर डिजाइनिडलगायत विधामा कार्य गर्दै आइरहेकी छन् । विश्वभरिका सौन्दर्य व्यवसायीहरूलाई एकै ठाउँमा भेला गराई प्रतिस्पर्धा गराउनुका साथै यस प्रतियोगितामा सहभागी हुने व्यवसायीलाई सौन्दर्य प्रसाधनका क्षेत्रमा सफल र उच्च व्यवसायीहरूसँग भेट्ने र उत्पादक कम्पनीका विज्ञहरूसँग अन्तरक्रियाको अवसर हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्