Logo

जुम्ल्याहा बच्चाको बुवा बन्दै काठमाडौंका मेयर बालेन शाह

परिवारमा छायो खुसीयाली

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र सविना काफ्ले बुवाआमा बन्न लागेसंगै शाहको जीवनमा अर्को खुसीयाली थपिदैछ। निकट स्रोतका अनुसार भिडिओ एक्सरेमा सविनाको पेटमा जुम्ल्याहा बच्चा देखिएका छन् । बालेन र सविनाको २०७४ साल फागुनमा प्रेम विवाह भएको थियो ।

विवाह गरेको ५ वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलोचोटि बुवा-आमा बन्न लागेका हुन् । नेपालको राजनीति तथा सिस्टम देखि वाक्क भएका काठमाडौंका स्थानीयलेले बालेन शाहलाई खुलेर साथ दिएर काठमाडौको मेयर पद समेत जिताएका थिए ।

वालेन शाहको राजनीति प्रवेश यतिसम्म सकारात्मक बन्यो कि विदेशमा रहेका नेपालीले आफ्नो घर तथा आफन्तजनलाई फोन गरेर समेत वालेन शाह लाई यसपाली जिताउनु पर्छ भन्दै व्हिम समेत चलेको थियो । अस्त व्यस्त नेपालको राजनीति बीच एकाएक चर्चा पाएका बालेन शाह छोटो समयमा नेपाली राजनीतिमा आएर उदाहरणिय व्यक्तित्व बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्