Logo

शेयर लगानीकर्ताको लागि सुवर्ण अवसर

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको ६० करोडको आईपीओ आउँदै

काठमाण्डौं -आईपीओमा लगानी गर्न चाहनेहरुको लागि अवसर प्रदान भएको छ । यहि मंसिर २९ गतेदेखि प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन हुने भएको छ । उक्त ६० लाख कित्ता मध्येको ४५ लाख कित्ता आईपीओमा सर्वसाधरणले १०० रुपैयाँ दरमा न्यूनतम १० कित्तादेखि ५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीले बाँकी सामुहिक लगानी कोष र कर्मचारीको लागि छुट्याइएको छ। उक्त आइपिओमा लगानीकर्ताले नजिकको बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइन मार्फत आवेदन दिन सक्नेछन् ।

प्रभु लाइफ इन्स्योरेन्सको आइपीओ निष्काशन बन्द छिटोमा पुस २ गते बन्द हुने छ । त्यस अवधिमा विक्री नभए पुस १३ गतेसम्म मात्र बिक्री खुल्ला रहने छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

इक्रा नेपालले साधारण सेयर निस्कासन गर्न प्रभु लाइफ इन्स्योरेन्सको आईपीओलाई इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको हो । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २५ करोड ९७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा ३ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनले जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ छ । आइपिओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्