Logo

गजल 

             -रमेश ‘उदास’ (इटहरी सुनसरी)

तिमिलाई थोरै त्रास आएन आफ्नै  चेलिलाइ प्रहार गर्दा
आत्माले  शान्ति  नदेला पनि लागेन  त्यो सिमापार गर्दा

क्रूर खेल  खेल्यौ  कसैकी आमासँग  कसैकी छोरीसँग
सबै तिम्रै जस्तै हुन सरम भएन त्यो कुकर्म बारम्बार गर्दा

त्यो जलन त्यो पिडा त्यो छट्पटी कस्तो त्यो निर्दयी मन
जिउनु र मर्नुको अर्थ रहेन उस्को  तिम्ले अत्याचार गर्दा

धनको आडमा कसैको तन चाहने त्यो ब्वाँसोको  लागि
फसियौ तिमी  कुकर्म बुझ्न नसकेर  उस्को उपकार गर्दा

आचारभ्रष्ट ,दुराचारी, पशु हौ, म डराउदिन भन्न किनकी
 सहन सकेनौ  क्रोध जाग्यो आफ्नै चेलीले श्रृङ्गार गर्दा

उस्को रुप  बिगारेर  तिम्लाई के  उपलब्धि हुन्छ ?  भन
त्यो रहर,बाँच्ने आशालाई जलाउने  काम लगातार गर्दा

         प्रकाशित मिति  ,२०७७ साल भाद्र २४ गते बुधवार

प्रतिक्रिया दिनुहोस्