Logo

लकडाउनको कारण सहकारीका ऋणीको भाका १ बर्षसम्म सारियो, हर्जना र थप शुल्क नलाग्ने

कारोबार आज, २०७७ साल साउन १३ गते मंगलवार काठमाण्डौं – सहकारी क्षेत्रका ऋणीले पनि अब सुविधा पाउने भएका छन् । सहकारी विभागले २०७७ असार मसान्तसम्म असुल हुन नसकेको कर्जालाई ६ महिनासम्म समय सार्न सबै सहकारीहरुलाई निर्देशन दिएको छ । शुक्रबार निर्देशन जारी गर्दे विभागले सहकारी संस्थाहरुलाई १० बुँदे मार्गदर्शन पठाएको छ । जसमा बढीमा ६ महिनासम्म भाखा सार्न भनिएको छ । ऋणीको आवश्यकता र व्यवसाय सञ्चालन हुन लाग्ने समय तथा जोखिमको मुल्याङ्कन अनुसार भाका सार्न विभागले भनेको छ । अति समस्यामा परेकाको हकमा विभागको पूर्वस्वीकृति लिएर १ बर्षसम्म समय सार्न सकिने विभागले जनाएको छ । समय थप गरिएका ऋणीको हर्जना र अन्य थप शुल्क लिन पाइने छैन ।

प्रतिक्रिया दिनुहोस्