Logo

यातायात क्षेत्रमा नयाँ आयाम , गुड्नेभयो प्रदेश नं. १ मा मोनोरेल

विराटनगर दुहबी इटहरी हुदै मोनोरेल चल्ने

काजीमान आत्रेय ,प्रबन्ध निर्देशक तथा सिईओ विराट मोनोरेल इन्टरनेशनल प्रा.लि.

प्रदेश नं. – १ मा इटहरी मोनोरेल निर्माणका लागि निजी क्षेत्रले पहल थालेको छ । जसका लागि ३० अर्ब लगानीमा मनोरेल कुदाउने तयारी थालिएको छ । बिराट मोनोरेल इन्टरनेशनल कम्पनीले नेपालमा पहिलो पटक मोनोरेल कुदाउने तयारी थालेको हो । यो मोनोरेल निर्माणमा जापान र भारतको लगानी भित्रिन लागेको हो । कम्पनीका प्रबन्ध निर्देशक काजीमान आत्रेयले मोनोरेल निर्माणका लागी जापान र भारतबाट ३० अर्ब लगानी भित्रिन लागेको जानकारी दिनुभयो । कम्पनीले जापानी प्रविधि अत्याधुनिक मोनोरेलको निर्माण गर्ने बताएको छ । ७० प्रतिशत विदेशी लगानी र ३० प्रतिशत स्वदेशी लगानीमा विराटनगर दुहबी इटहरी हुँदै मनोरेल चल्ने बताइएको छ ।

यो परियोजना आगामी ३ बर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आत्रेयले बताउनुभएको छ । आन्तरिक तथा बाह्य सेवा विस्तारको साथै पर्यटकिय गन्तव्यको प्रमुख आकर्षण केन्द्र बनाउनका लागि बिराट मोनोरेल ईन्टरनशनल प्रा.लि.ले मोरङको विराटनगर देखि सुनसरीको इटहरी हुँदै ३० किलोमिटर सम्म मोनोरेल सञ्चालनको तयारी थालेको हो । निर्माणाधीन ६ लेनको सडकको बिचबाट मोनोरेल गुड्नेछ । रेलका लागि बिचबिचमा खम्बा गाडिएको हुन्छ । तिन बर्षमा पुरा हुने गरी करिब ३२ अर्बकोे लगानीमा सो रेल सञ्चालनको तयारी भइरहेको हो । मोनोरेल निर्माण गर्न कम्पनीले सर्भे अनुमति मागेको छ । उक्त कार्यको लागि प्रदेश सरकारबाट सिफारिस पाई सङ्घीय सरकारको अनुमतिको पर्खाईमा रहेको छ ।

प्रकाशित मिति : २०७७ साल साउन ११ गते सोमवार

       [email protected]
 

प्रतिक्रिया दिनुहोस्