Logo

अनुश्रेया – कविता

–  संजोग सरिक

नि:शब्द छु म आज,

निकै खेलाए ती सपनाहरू

अनि,

चाहनाको प्रतिबिम्बहरू

तर सबै अधुरा रहेछन्

विश्वास गरिएको पर्खाल आज

गर्ल्याम्मै ढलेका छन्

मीठो वचन अनि बोलीहरूभित्र

खोट अनि दागहरू हुँदा रहेछन्,

समर्पित अनि त्याग गरेको

एउटा अभिलाषा अनगिन्ती थियो..

तर पछाडिबाट प्रहार गर्ने आज

हतियार भइदियो,

सुनसान र अन्धकार रातहरू

मेरो प्रिय मित्र बन्दैछन्

क्षितिजको गगनचुम्बी पहाडहरू

आँखा ओभाउने गह हुदैछन,

बिहानीको शीतको थोपाहरू

मदहोसमा मलाइ ब्युँझाउने

अनुयायी बन्दैछन ।

उच्च सम्मान अनि बधाई छ

नाटकको एउटा पारखी लाई,

सम्झनाको निम्ति अमर छन् ती

गतिलो अनि मिठो चोटिलो पर्यायहरू ।

जिन्दगीको अन्तिम अध्याय मेरा

अनुश्रेया तिमिलाई !

प्रकाशित मिति ,२०७७ साल, श्रावण ३ गते, शनिवार 

प्रतिक्रिया दिनुहोस्