Logo

किन भाईरल हुँदैछ ‘भैरे’ को ट्रेलर ?

                                                     हेर्नुहोस् भिडियो

स्तावेज, असार ५ गते सोमवार, २०७५, काठमाण्डौं – सर्वसाधारण बिच अत्यधिक चर्चा परिचर्चाको शिखरमा पुग्न सफल नेपालय सिनेमा ईन्टरनेशनल प्रा।लि।को ब्यानरमा निर्माण गरिएको निर्देशक एभरेष्ट सूर्य बोहराको बहुप्रतिक्षित चलचित्र ‘भैरे’को ट्रेलर सार्वजनिक भएको छ । चर्चित नायक दयाहाङ राई,सुरक्षा पन्त,बिक्रान्त बस्नेत,बर्षा शिवाकोटी बुद्धी तामाङको मुख्य भूमिका रहेको चलचित्र ‘भैरे’को चलचित्रको ट्रेलर सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच भव्य रुपले सार्वजनिक भएको हो ।

ट्रेलर सार्वजनिक गरिएको २४ घण्टा नपुग्दै १ लाखभन्दा बढि दर्शकहरुले हेरिसकेका छन् । जसले गर्दा युवाहरुमा चलचित्र ‘भैरे’ को  ‘क्रेज ‘ अझ बढ्दो छ । यसका साथै सयौ सकारात्मक कमेन्टहरु लेखिएका छन् । स्मरण रहोस् चलचित्र ‘भैरे’को ‘सनम माया लाको’ र ‘सान्नानीलाई भेट्न आउँदा’ बोलका दुईवटा चर्चित गीतहरू सर्वाधिक हिट लिस्टको सूचीमा परिसकेका छन् । बजारमा आईसकेका गीतहरुलाई दर्शकहरुले अत्यन्त रुचाएको र रिलिज भएको ट्रेलरको अत्यधिक चर्चाका कारण चलचित्र ‘भैरे’ यस बर्षकै सुपरहिट फिल्म बन्नेममा कुनै शंका नरहेको दर्शकहरुको दाबी छ ।

कमेडी, प्रेम,एक्सन,रोमान्स, साथै समसामयिक नेपाली परिवेशको ज्वलन्त कथालाई समेटिएको ट्रेलरमा चलचित्रका सर्वाधिक हिट कलाकारहरू जस्तै दयाहाङ राई ,बुद्धि तामाङ, सुरक्षा पन्त,वर्षा सिवाकोटी,अनुभव रेग्मी, चर्चित नायक बिक्रान्त बस्नेत,जयनन्द लामा लगायत सुप्रसिद्ध छायाँकार पुरुषोत्तम प्रधान आदि लगायतका कलाकारहरु समेटिएका छन् ।

यस चलचित्रमा सुनिल थापा (रातेकाईंला), चर्चित नायक बिक्रान्त बस्नेत, वर्षा शिवाकोटी, बुद्धि तामाङ (हैट) जयनन्द लामा, सबिता गुरुङ, जान्हवी बोहरा, कुमारी लामा लगायतका कलाकारहरू मुख्य भूमिकामा रहने छन् भने बाल कलाकारहरूमा अनुभव रेग्मी, कञ्चन ठकुरी,अंकित पौडेल लगायतको पनि अभिनय रहेको छ ।

श्रावण ४ गते रिलिज मिति तोकिएको उक्त चलचित्रमा कविराज गहतराजको नृत्य निर्देशन, वसन्त सापकोटा, अर्जुन पोखरेल एवं चर्चित गायक एम बरालको सङ्गीत रहेको छ । समग्रमा भन्नुपर्दा चलचित्र ‘भैरे’आर्थिक,सामाजिक एवं मनोरन्जनको हिसाबले पनि निकै अगाडी बढ्ने दावी गरिएको छ । निर्देशक एवं कलाकार एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘भैरे’को निर्माता द्दय प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी रहनुभएको छ भने कार्यकारी निर्मातामा लेख बहादुर पुन ‘डेनिम’,सह निर्मातामा करुणाकर घिमिरे रहनुभएको छ । पटकथा तथा संवाद अभिमन्यु निरवी र दिनेश न्यौपानेको रहेको उक्त चलचित्रमा सूर्य थोकरको द्दन्द निर्देशन रहेको छ ।

[email protected]

प्रतिक्रिया दिनुहोस्