Logo

गीतकार दीपा राई पुनको ‘तिमी मेरो, म तिम्रो’ बोलको गीत चर्चामा

 

                                                        हेर्नुहोस् भिडियो

विका रुपमा परिचित दीपा राई पुनको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रतिरुप (रिफेल्क्सन अफ लाइफ) एल्बममा समावेश गीत ‘तिमी मेरो, म तिम्रो’ बोलको गीत मंगलबार युटुयुब च्यानल मार्फत सार्वजनिक भएको हो। दर्शक र स्रोताको सर्वाधिक रोजाई बनेको उक्त गीतमा चर्चित गायिका मेलिना राई र सिडि बिजय अधिकारीको स्वर रहेको छ भने  संगित डिआर अटुको रहेको छ ।

जीवनको आरोह अवरोह र सुन्दर भोगाईहरुको अभिव्यक्तीको रुपमा लेखिएको गीतको म्युजिक भिडियोमा कञ्चन थुलुङ राई र रोजिना राई मोडलको रुपमा देखिएका छन् । खगेन्द्र पान्दक लिम्बुको निर्देशन र सन्जय निङलेखुको सह निर्देशन रहेको भिडियोलाई विवि लिम्बु, खगेन्द्र पान्दुक लिम्बु, पर्शु लिम्बु, सन्जय लिम्बुले छायाँकन गरेका हुन् भने कोरियोग्राफी अबिन वानेम लिम्बुले गरेका छन्।

हाल अमेरिकाको बोस्टनमा बस्दै आएकी बस्दै आएकी दीपा राई पुनको गत फागुनमा ‘प्रतिरुप’ एल्मबसँगै ‘बिहान बिहानै’ बोलको गीत एक भव्य समारोहका बिच सार्वजनिक गरिएको थियो । उनको प्रकाशित कृतिहरुमा ‘उ तिम्रो सपनाको म (२०६८)’, ‘स्पन्दनका रागहरू (२०७०)’ र ‘छुटेको बागदाता (२०७२)’ गरी हालसम्म तीनवटा कविता सङ्ग्रह रहेका छन् भने फुटकर रूपमा सयौं कविताहरू प्रकाशित भइसकेका छन्।  उनी नेपाल छँदा पुष्प व्यवसायीकी रुपमा परिचित थिइन्। उनले २००९, २०१० र २०११ मा उत्कृष्ट पुष्प व्यवसायीको पुरस्कार समेत पाएकी थिइन्।

प्रकाशित मिति, २०७५ साल बैशाख २८ गते, शुक्रवार 

प्रतिक्रिया दिनुहोस्