Logo

ह्वाइट हाउस एसएलसी प्रिन्सेजको अडिसन सम्पन्न

स्तावेज , बैशाख १८ गते मंगलवार २०७५, काठमाण्डौं –सिजन मिडिया प्रा.लि.ले एसइई परिक्षा दिएर वसेका युवतीहरुमा केन्द्रित गरी विगत ८ वर्षदेखि निरन्तर रुपमा गर्दै आएको ९ ह्वाइ हाउस एसएलसी प्रिन्सेज २०१८ अडिसन सम्पर्न भएको छ । उक्त अडिसनवाट ३० जना प्रतियोगीहरु छनौट गरिएको छ । अडिसन कार्यक्रममा निर्णायक मण्डलमा कोरियोग्राफर रोजिन शाक्य,शिक्षक प्रेम गुरुङ र सिजन मिडियाका इभेन्ट म्यानेजर रेजिना तुलाधर रहनु भएको थियो ।

आज भएको छनौट चरणमा पर्न सफल छात्राहरुको लागि वैसाख १७ गते सोमवारवाट प्रशिक्षण कार्यक्रम संनचालन गरिने छ । प्रशिक्षणको क्रममा उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर , नेतृत्वदायी क्षमताको विकास साथै उच्च शिक्षाको मार्ग निर्देशन दिंदै समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले साथै यसले उनीहरुको उच्च शिक्षा अध्ययनमा सहयोग र उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउने खालका प्रशिक्षणहरु प्रदान गरिने छ ।

त्यसैगरि प्रशिक्षणको क्रममा पौडी, शारारिक फिटनेश ,फोटो सेसन,दामन भ्रमण,टेवल म्यानर,विभिन्न प्रतियोगीतात्मक खेलकुदका कार्यक्रमहरु,व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ । साथै उच्च शिक्षाको लागि कलेजले लिने इनट्रान्स परिक्षाको लागि तयारी कक्षाहरु पनि अध्यापन गराइनेछ । विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल, नारकोनन नेपाल,वाल आश्रम, वृद्धा आश्रम आदि मिडिया सम्वन्धी जानकारी, कल्चरल भिजीट, विभिन्न कलेजको भ्रमण र हस्पीटालीटी सम्वन्धि जानकारी प्रदान पनि गराइने छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विधामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नु हुनेछ ।

असारको पहिलोे साता उत्त प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका विजेताले “एसएलसी प्रिन्सेज २०१८” को ताज उपाधि सहित उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति ल्यापटप,मोवाइलफोन र ५ दिनको वैङ्कक भ्रमणको अवसर प्रदान गरिने छ साथै अन्य गिफ्ट हयाम्पर पाउने छिन् । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति साथै ल्यापटप मोवाइल आदि उपहारहरु पाउनेछन् र अन्य गिफ्ट हयाम्पर प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न २१ विधामा पनि विजेता छनौट गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्