Logo

अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८ सम्पन्न

स्तावेज , बैशाख १८ गते मंगलवार २०७५, काठमाण्डौं –सिजन मिडियाद्धारा आयोजना गरिएको सातौं चरणको अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८ को ताज समुह ए वाट परिना श्रेष्ठ,समुह वि वाट इसा थापा मगर र समुह सि वाट इभा गिरिले ताज चुम्न सफल भएका छन् । गत सोमवार राजधानीको नाचघरमा भएको अन्तिम प्रतियोगीतामा ७४ जना प्रतियोगीहरुलाई पछि पार्दै उनीहरुले ताज जित्न सफल भएका थिए।

यसैगरी फष्ट रनरअप पुनीका श्री वस्नेत,सुवेक्षा श्रेष्ठ त्यसै गरि रिया गौतम भएका थिए भने सेकेन्ड रनरअपमा समृद्धि सिग्देल , समिया थापा र सिम्रन तुलाधर विजेता हुनुभएको थियो भने उनिहरुले साइकल तथा मोवाइल फोनहरु उपहारहरु पाएका थिए । साथै टप टेन विजेताहरुलाई पनि विभिन्न पुरस्कारहरु वितरण गरिएको थियो । साथै अन्य सव टाइटल विधामा पनि २५ जना सहभागीलाई वितरण गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्