Logo

‘रेस ३’मा सलमान र ज्याकलिनको हट अवतार

स्तावेज संवादादाता,बैशाख,१५ गते शनिवार २०७५,नयाँ दिल्ली – अहिले बलिउड अभिनेता सलमान खान आफ्नो आगामी फिल्म ‘रेस ३’मा व्यस्त छन् । अहिले सलमानको यसै फिल्मको नयाँ पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक भएको यस फिल्मको पोष्टरमा सलमानको अँगालोमा ज्याकलिन फर्नाण्डेज छन् भने सलमानले पेस्तोल लिएका दृश्य देखाईएको छ ।

अहिले ‘रेस ३’ फिल्मको सुटिङको लागि सलमानको पुरै टिम कश्मीरको वादियोमा रहेका छन् । यो फिल्मको एक्शनको दृश्य छायाँकन भईरहेको छ, जहाँ फिल्मको सबै कलाकारहरु आफ्नो भुमिकाको तयारीको लागि निकै मिहेनत गरिरहेका छन् ।

यो फिल्ममा सलमान खान, ज्याकलिन फर्नाण्डेज, अनिल कपुर, डेजी शाह, बोबी देओल लगाएत कलाकारहरु मुख्य भुमिकामा रहेका छन् । यो फिल्मलाई रेमो डेसुजाले निर्देशन गरिरहेका छन् ।सलमानको यो फिल्म यसै वर्षको १५ जुनबाट दर्शकमाझ रिलिजमा आउँदैछ । यो फिल्म रेस फिल्मको तेस्रो सिक्वेल फिल्म हो ।

प्रतिक्रिया दिनुहोस्