Logo

दयनीय अवस्थामा गुज्रिँदै कपिल शर्मा

स्तावेज, बैसाख ६ गते, बिहिवार २०७५, काठमाण्डौं – कमेडियन कपिल शर्माको जिन्दगी अत्यन्तै दयनीय अवस्थामा गुज्रिरहेको छ । कपिलको स्वास्थ्य अवस्थाका बारेमा आश्चर्यजनक खुलासाहरु भइरहेका छन् ।  तर उनका को–स्टार रहिसकेका अर्का कमेडिन सुनील ग्रोवरलाई करियरको सबैभन्दा ठूलो ‘ब्रेक’ मिलेको छ । 

सुनील ग्रोवरलाई निर्देशक विशाल भारद्वाजको आगामी फिल्म ‘छूरियां’ को प्रस्ताव आएको छ । यसअघि पनि सुनील ग्रोवरले फिल्महरुमा भूमिका निर्वाह गरिसकेका छन् । ‘लीड एक्टर’ को हैसियतमा अभिनय गरेको सुनीलको फिल्म ‘कफी विद डी’ भने फ्लप भएको थियो । 

विशाल भारद्वाजको फिल्म ‘छूरयिां’ मा दुई अभिनेत्री सान्या मल्होत्रा र राधिका मदानपनि रहेका छन् । विशाल भारद्वाजले सुनील ग्रोवरका साथ काम गर्न पाउँदा आफू उत्साहित भएको बताएका छन् । सुनील ग्रोवर अहिले क्रिकेट कमेडी शो ‘धन धना धन’ मा देखिँदै आएका छन् । 

    एजेन्सी
 

प्रतिक्रिया दिनुहोस्