Logo

टाकान टुकुन गीतले पायो युट्युबमा करोड भ्युज

                             

                                                    हेर्नुहोस् भिडियो 

स्तावेज संवाददाता चैत्र २८ गते बुधवार २०७४,काठमाडौँ – फिल्म कमलेको बिहेमा समावेश गीत टाकान टुकुनले युट्युबमा करोड भ्युज पाएको छ। गीत सार्वजनिक भएको लामो समयमा यस गीतले करोड भ्युज पार गरेको हो। यो समाचार तयार पार्दासम्म यस गीतले युट्युबमा १ करोड १ लाख बढी भ्युज पाएको छ। २९ हजार बढी लाइक पाएको यस गीतमा ४ हजार बढी डिसलाइक छ। गीतको भिडियोमा १२ सय २१ बढि प्रतिक्रिया आएका छन्।

लोकलयमा निर्माण भएको ‘टाकान टुकुन’ बोलको गीतमा राजनराज सिवाकोटीले संगीत भरेका छन्। राजनराज सिवाकोटी र मण्डवी त्रिपाठीको स्वर रहेको यस गीतमा राजराजकै शब्द रहेको छ। दीपकमान सिंहले नृत्य निर्देशन रहेको भिडियोमा फिल्मका मुख्य कलाकार अनुप विक्रम शाही र सन्ध्या केसी फिचरिङ छन्।

प्रसन्न पौडेलको निर्देशनमा तयार भएको फिल्ममा सरिता लामाको लगानी रहेको छ भने फिल्मको कार्यकारी निर्माता दीपक विष्‍ट हुन्। विदुर पाण्डेले खिचेको फिल्मलाई तारा थापा ‘किम्भे’ले सम्पादन गरेका हुन्। फिल्ममा अनुप र सन्ध्याको अलवा विनोद न्यौपाने, इशान ढकाल, दीपक पहाडी, रेशु तमाङ, किरण लाकौल लगायतको अभिनय रहेको छ। 

प्रतिक्रिया दिनुहोस्