Logo

चलचित्र भैरेको उत्कृष्ट शिर्ष गीत ‘सनम माया लाको’ सर्वाधिक हिट हुँदै,१० दिनमा १० लाख भन्दा बढी हेरियो

                                 – हेर्नुहोस् भिडियो

स्तावेज चैत्र २६ गते आईतबार २०७४ काठमाण्डौं – नेपालय सिनेमा ईन्टरनेशनल प्रा.लि.को ब्यानरद्धारा निर्मित निर्देशक एभरेष्ट सूर्य बोहराको बहुप्रतिक्षित चलचित्र “भैरे”को अत्यन्त मन छुने शिर्ष गीत “सनम माया लाको”रिलिज भए लगत्तै सर्वाधिक हिटको सूचिमा परेको छ । उक्त गीत रिलिज भएको १० दिनपनि नपुग्दै संसारभरबाट ११ लाख भन्दा बढिले हेरिसकेका छन् । गीत अझै हेर्ने क्रम जारी छ । पहिलो गीत ‘सान्नानीलाई भेट्न आउँदा’ बोलको गीतपनि तेह्र लाखभन्दा बढिले हेरिसकेका छन् । दुबै गीतहरु युट्यबमा हिट भएपछि देश विदेशमा रहेका दर्शक तथा शुभचिन्तकहरुबाट प्रशस्त मात्रामा बधाई तथा शुभकामना ओईरिएको चलचित्र निर्माता प्रेम प्रसाद पौडेलले बताउनुभयो । 

चलचित्र ‘भैरे’को शिर्ष गीत “सनम माया लाको ”बोलको गीतमा  चर्चित निर्देशक एभरेष्ट सूर्य बोहराको शब्द, नेपाली साङ्गीतिक आकाशमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक यम बराल तथा अन्जु पन्तको  स्वर संगीत रहेको छ । उक्त गीतका कोरियोग्राफर बसन्त श्रेष्ठ हुन् भने सम्पादन बबी शाहको रहेको छ ।

सुन्दर प्रकृतिको अनमोल संयोजनका साथै नेपाली मौलिक लोक संस्कृतिको बेजोड प्रस्तुति, समसामयिक नेपाली परिवेशको अत्यन्त मनछुने कथा,पटकथा,संगीत एवं बहुआयामिक शैलीमा करोडौं दर्शकको मन जित्ने उद्धेश्यले निर्माण गरिएको चलचित्र ‘भैरे’को “सनम माया लाको”नामक रोमान्टिक गीतमा नायक दयाहाङ राई र सुरक्षा पन्तले खुलेर रोमान्स गरेका छन् ।दर्शकमा राम्रो क्रेज छोड्न सफल चर्चित नायक दयाहाङ राई तथा नायिका सुरक्षा पन्त अभिनित चलचित्र ‘भैरे’को अधिकांश सुटिङ जोमसोममा गरिएको र बाँकी पोखरा र अन्य ठाउँमा गरिएको छ ।

चलचित्र ‘भैरे’ नेपाली सिने जगतमा अहिलेसम्मकै अत्यधिक चर्चा परिचर्चा एवं उत्कृष्ट कथा,पटकथा,उत्कृष्ट टेक्निसियन,कथा,पटकथा,संवाद,संगीत,एवं सुपरहिट गीतहरुद्दारा निर्माण हुन लागेको दमदार प्रस्तुति बोकेको चलचित्र हो । दूर दराजमा छरिएर रहेका तमाम गाउँले युवकहरुको कथा बोकेको चलचित्र ‘भैरे’ मा दया दयाहाङले ‘भैरे’को ज्वलन्त भूमिका निर्वाह गरेका छन् भने सुरक्षा पन्त उनको जोडीका रूपमा देखिएकी छिन् । नायक दयाहाङ राई र नायिका सुरक्षा पन्त मुख्य भूमिकामा रहेको चलचित्रको पोस्टरमा पनि यी दुबै कलाकारलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ ।

चलचित्र ‘भैरे’का कलाकारहरूमा दयाहाङ राई ,बुद्धि तामाङ, सुरक्षा पन्त,वर्षा सिवाकोटी,अनुभव रेग्मी, चर्चित नायक बिक्रान्त बस्नेत,जयनन्द लामा लगायतका उत्कृष्ट कलाकारहरूका साथै नेपालका सुप्रसिद्ध छायाँकार पुरुषोत्तम प्रधान आदि रहेका छन् । यस चलचित्रमा सुनिल थापा ‘रातेकाईंला’, चर्चित नायक बिक्रान्त बस्नेत, वर्षा शिवाकोटी, बुद्धि तामाङ ‘हैट’ जयनन्द लामा, सबिता गुरुङ, जान्हवी बोहरा, कुमारी लामा लगायतका कलाकारहरू मुख्य भूमिकामा रहेका छन् भने बाल कलाकारहरूमा अनुभव रेग्मी, कञ्चन ठकुरी,अंकित पौडेल लगायतको पनि अभिनय रहेको छ ।

निर्देशक एवं कलाकार एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘भैरे’को निर्माता द्दय प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी रहनुभएको छ भने कार्यकारी निर्मातामा लेख बहादुर पुन ‘डेनिम’,सह निर्मातामा करुणाकर घिमिरे रहनुभएको छ । पटकथा तथा संवाद अभिमन्यु निरवी र दिनेश न्यौपानेको रहेको उक्त चलचित्रमा सूर्य थोकरको द्दन्द निर्देशन रहेको छ ।

  Deepshikha Sharma

©[email protected]

प्रतिक्रिया दिनुहोस्