Logo

अष्ट्रेलियाका गीतकार राम रुवाली नेपाली गीत सङ्गीतमा रमाउँदै (भिडियो)

स्तावेज , चैत २४ गते शनिवार,काठमाडौं – लामो समयदेखि अष्ट्रेलियाको सिड्नी शहरमा बसोबास गर्दै आइरहेका राम रूवाली अहिले परदेशमा बसेर पनि स्वदेशको माया भुल्न नसकी गीत सङ्गीतको माध्यमबाट भए पनि सम्झना बिर्सना ताजा राख्न गीत लेखेर रमाई रहेका छन्। गीतको सबै विधामा गीत रचना गर्न सक्ने खुवी भएका राम रूवालीलेको अर्को लोक पप शैलीको गीत मार्च २७ तारिखको दिन म्युजिक नेपालबाट सार्वजनिक गरिएको छ।

“पुतली झैँ उडु उडु लाग्यो” बोलको यो गीत अहिले भाईरल बन्दै आइरहेकी नव गायिका पूर्णिमा लामाले गाएकी छिन्। सङ्गीत सनम पुरुषको रहेको छ। डान्सिँग बीटमा बनेको यो गीतमा अहिलेका चर्चित डन्सर आरूषी मगरले बेजोड नृत्य प्रस्तुत गरेकी छिन्।
शब्द छनौट र सरल भाषामा मिठो गीत लेख्न सक्ने राम रूवालीको विशेषता नै हो। सँगीतकारहरु जो जो सँग राम रूवालीको सहकार्य भएको छ सबैले उनको लेखन शैलीको तारिफ गर्दै आईरहेका छन्। जीवन र माया प्रेमको भावमा डुबेर गीत लेख्न रूचाउने राम रूवालीको हरेक गीतमा जीवनको हरेक मोडका वास्तविकता झल्केको सुन्न पाइन्छ।

गीतकार राम रूवालीले बसन्त सापकोटाको सङ्गीतमा “पवित्र बन्धन” नामक एउटा एल्बम पनि छिट्टै निकाल्दैछन। आशा गरौँ उनको गीतले सबै नेपाली गीत सङ्गीत प्रेमीहरूको मनको कुन छुन सकोस्। सफलताको कामना। नेपाली गीत सङ्गीतमै हासौं नेपाली गीत सङ्गीतमै रमाऔँ।

प्रतिक्रिया दिनुहोस्