Logo

चलचित्र ‘लिलिबिलि’ प्रदीप र जसिताको रोमान्टिक मुड

स्तावेज, चैत्र ७ गते बुधबार, २०७४, काठमाण्डौं – दर्शकमा राम्रो क्रेज भएका अभिनेता प्रदीप खड्का अभिनित ‘लिलिबिलि’ आगामी ३० गतेबाट प्रदर्शनमा आउने चलचित्र हो । चलचित्रको बुधबार केही पोष्टर रिलिज गरिएको छ ।  अभिनेता प्रदीप र अभिनेत्री जसिता गुरुङ मुख्य भूमिकामा रहेको चलचित्रको पोष्टरमा पनि यी दुबै कलाकारलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । भिन्न–भिन्न तीन प्रकारको पोष्टरले चलचित्रप्रति दर्शकको चासो बढाउने निर्माता गोबिन्द शाहीले बताए ।

चलचित्रमा यी दुबै कलाकारको अलवा प्रियंका कार्की, अनुपबिक्रम शाही , सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुवदत्त, रितेस चाम्स लगायतको समेत अभिनय रहेको छ । तर निर्माण युनिटले भने प्रदीप र जसितालाई मात्र प्रचार अगाडी सारेको छ ।

मिलन चाम्स निर्देशित ‘लिलिबिली’ स्कटल्याण्ड, नेपाल, लन्डन र टर्कीको स्थानबुल लगायत स्थानमा छायाँकन गरिएको छ । काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘लिलिबिली’ मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।  सुदिप बरालले खिचेको चलचित्रमा चन्द्र पन्तको द्दन्द , कविराज गहतराजको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्