Logo

रुपको प्रशंसा गर्दै गायक रामकृष्णले ल्याए नयाँ गीत ‘रुपैको धाक नलाउ’ (भिडियो)

स्तावेज,चैत्र १ गते बिहिवार ,२०७४,काठमाण्डौं – नेपाली सांगितक क्षेत्रमा विगत १२ देखी निरन्तर क्रियाशील रहेका गायक रामकृष्ण श्रेष्ठले नयाँ लोक पप गीत ‘रूपैको धाक नलाउ’ बजारमा ल्याएका छन् । नयाँ पुस्ताको जन–जिब्रोमा निस्कने रूपको प्रशंसालाई गीतमा समेटिएको गायक श्रेष्ठले बताए ।

गीतमा गायक श्रेष्ठसँगै मिलन अमात्यको आवाज रहेको छ । अम्बिका गुरुङको शब्द, अंशुसेन लामाको सङ्गीत रहेको उक्त गीतलाई शुक्रवारदेखि बजारमा ल्याइएको छ । गीतको म्युजिक भिडियोमा शिवदास गुरुङ, अस्मिता राना मगर, बिनिता तामाङ लगायतले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्