Logo

न्याय परिषदको पत्र विवादमा, प्रधान न्यायाधीशको जन्म मिति २०११ वैशाख १३ गते भएको पनिकाद्दारा स्पष्ट

स्तावेज,चैत्र १ गते बिहिवार ,२०७४,काठमाण्डौं – न्याय परिषदका सचिव भूपध्वज निरौलाले जारी गरेको प्रधान न्यायाधीश गोपाल पराजुली पदमुक्त भएको व्यहोराको विज्ञप्ति विवादमा परेको छ।  परीक्षा नियन्त्रण कार्यालय (पनिका) सानोठिमी भक्तपुरले परिषदलाई पठाएको पत्र सार्वजनिक भएलगत्तै परिषदको तथ्यगत त्रुटि फेला परेको हो।  सचिव निरौलाले जारी गरेको विज्ञप्तिमा प्रधान न्यायाधीश पराजुली उमेरहदका कारण २०७४/४/२१गते पदमुक्त भएको उल्लेख छ। जुन पत्रको हवाला दिँदै निरौलाले विज्ञप्ति जारी गरेका छन् त्यो पत्रअनुसार पराजुलीको ६५ वर्षे उमेर हद २०७५/१/१३ गते पुग्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्