Logo

विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुग्यो,३३ जगा नेपाली रहेको पुष्टी

                                         हेर्नुहोस् भिडियो

स्तावेज,फाल्गुण २९ गते मंगलवार, २०७४,काठमाडौँ – युएस एयरको विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको पुष्टि भएको छ । ढाकाबाट काठमाण्डौं आएको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटना स्थलमा ४९ जनाको मृत्यु भएको प्रहरी परिसरका प्रमुख एसपी बिश्वराज पोखरेलले जानकारी दिएका छन् । एसपी पोखरेलका अनुसार विमानमा ७२ जना यात्रु सवार रहेका थिए । जसमध्ये २१ जना घाइतेको उपचार भइरहेको छ भने १ जना भेटिएका छैनन् । विमान दुर्घटनामा परी घाइते हुनेहरुको उपचार केएमसी,नर्भिक लगायतका अस्पतालमा भइरहेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रशासनले दुर्घटनाग्रस्त युएस बंगलाको विमान कन्ट्रोल रुमको आदेश विपरीत ल्याण्ड भएको बताएको छ । अस्पताल परिसरमा आफन्तको भीड एवं रुवावासीले वातावरण निकै स्तब्ध बनेको छ । विमानमा ३३ जना नेपालीहरू रहेका थिए । उनीहरूमध्ये १२ जना मुख्य मुख्य ट्राभल एजेन्सीका कर्मचारी रहेको पुष्टि भएको छ । उनीहरू युएस बंगला एयरले आयोजना गरेको एक कार्यक्रममा भागलिन ढाका पुगेर फर्किएका थिए । योङ्ग ट्राभलमा कार्यरत सजना देवकोटाको पनि यसै दुर्घटनामा परी मृत्यु भएको बताइएको छ ।

विमान दुर्घटना पछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेर आवश्यक जानकारी लिएका थिए । उनीसँगै गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल पनि थिए । प्रधानमन्त्री ओलीले विमान दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरूको उपचार सरकारले गर्ने जानकारी दिएका थिए । घटनाबारे सत्यतथ्य पत्ता लगाई सार्वजनिक गर्न आयोग गठन गर्ने पनि उनले आश्वासन दिए ।

नियमित रुटभन्दा फरक बाटोबाट आएको थियो बंगला विमान

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको एयर युएस बंगला विमान नियमित रुटभन्दा फरक बाटोबाट अवतरण गर्न खोजिएको बताइएको छ । किन विमान रुटभन्दा बाहिर गयो ? यस विषयमा अनुसन्धान गर्ने अन्तराष्ट्रिय विमानस्थल प्रशासनले जानकारी दिएको छ । ६७ यात्रु सहित ७१ जना सवार रहेको विमान सोमबार दिउँसो २.२० मा अवतरणका क्रममा दुर्घटना भएको थियो ।
युएस बंगला एयरलाईन्सको “बम्बार्डिएर ड्यास – ८ क्यु ४००” को परिचय

यो विमान १७ वर्षअघि बनेको जानकारीमा आएको छ । युएस बंगला एयरलाईन्स बंगलादेशको सात विमानसेवा मध्येको एक हो । यो बंगलादेशको निजी विमान हो । यसलाई युएस बंगला ग्रुपले सञ्चालन गर्दै आइरहेको छ । सन् २०१० स्थापना भएको यो विमान सेवाले सन् २०१४ बाट सेवा शुरु गरेको थियो । शुरुका केही वर्ष आन्तरिक उडान भरिरहेको यो वायुसेवाले २०१६ बाट अन्तराष्ट्रिय सेवा दिन शुरु गरेको हो । हाल यो विमानले आन्तरिक उडानको अतिरिक्त भारत,नेपाल,अमन,कतार,थाईल्याण्ड लगायतका सात देशमा आफ्नो अन्तराष्ट्रिय सेवा दिइरहेको छ ।

यसका लागि विमान सेवाले १५८ क्षमताका बोइङ ७३४ का चारवटा “बम्बार्डियर ड्यास–८ ” का विमान प्रयोग गरिरहेको छ । हिजो दुर्घटना भएको मोडल “बम्बार्डियर ड्यास–८ ” विमान दुई इन्जिन भएको मध्यम दुरीमा उडान भर्न मिल्ने खालको विमान हो । यो विमानलाई “डी ह्याभील्याण्ड क्यानडा”ले सन् १८८४ मा सार्वजनिक गरेको थियो । यो समय यसलाई उत्पादन कम्पनीको नाम जोडेर “डी ह्याभील्याण्ड क्यानडा ड्यास – ८” भनिन्थ्यो ।

हाल यसलाई “बम्बार्डिएर एरोस्पेस”ले उत्पादन गर्ने भएकोले यसको नाममा सोही कम्पनीको नाम जोडिएको छ । यो कम्पनीको संस्करण जनाउन कम्पनीले “क्यु सिरिज” नाम दिने गरेको छ । नेपालमा दुर्घटना भएको विमान क्यु ४०० हो । क्यु ४०० बम्बार्डिएर एरोस्पेसले उत्पादन गरेको सबैभन्दा पछिल्लो संस्करणको विमान हो । कम्पनीले आफ्ना पुराना विमान श्रृंखलाहरु सन् २००९ बाट उत्पादन गर्न बन्द गरेकोले हाल कम्पनीले यही क्यु ४०० मात्र उत्पादन गरिरहेको छ ।

यसभन्दा अगाडि पनि २०१५सेप्टेम्बर ४ मा युएस बंगलाको “बम्बार्डिएर ड्यास क्यु –४०२ एस” विमान आन्तरिक उडानको क्रममा धावन मार्गबाट चिप्लिएको थियो तर सो दुर्घटनामा भने कुनै हताहती भने भएको थिएन ।

प्रतिक्रिया दिनुहोस्