Logo

विशेष विमानबाट मुम्बई ल्याइयो श्रीदेवीको शव, भोली अन्तिम संस्कार गरिने

स्तावेज,फाल्गुण १६ गते बुधवार ,२०७४,काठमाण्डौं – वलिवूड पहिलो महिला सुपरस्टार अभिनेत्री श्रीदेवीको पार्थिव शरीर मुम्बईस्थित उनको घरमा पुर्‍याइएको छ।

उनको अन्तिम संस्कार बुधबार दिउँसो ३ः४५ बजे हुने जनाइएको छ । श्रीदेवीको बाथटबमा डुबेर मृत्यु भएको थियो । सुरुवाती चरणमा भने मृत्यु हृदयाघातका कारण भएको बताईएको थियो । तर दुबई अस्पतालले गरेको फरेन्सिक रिपोर्टमा बाथटबमा डुबेर भएको निष्कर्ष निस्किएको थियो ।  श्रीदेवीको पार्थिव शरीर मंगलबार राति ९ः३० बजे दुबईबाट मुम्बई ल्याइएको हो।  

श्रीदेवीको शवलाई मुम्बई एयरपोर्टबाट सिधै उनको घर ग्रीन एकर्स पुर्‍याइएको थियो। जहाँ उनका पति बोनी कपुर र छोरीहरू बस्ने गर्छन्। उनको शवलाई स्थानीय समय अनुसार राति साढे ९ बजे घर पुर्‍याइएको हो। श्रीदेवीको शवसँगै उनका पति बोनी कपुर, सञ्जय कपुर र अर्जुन कपुर लगायत ११ जना विमानमा थिए।एयरपोर्टमा उनका अर्का देवर अनिल कपुर, अनिल अम्बानीसहित थुप्रै पुगेका थिए ।  

शनिबार दुबईको एक होटलमा आफन्तको विवाहमा सहभागी हुन गएकी श्रीदेवीको बाथ टबमा डुबेर निधन भएको थियो। चर्चीत अभिनेत्री श्रीदेवीको ५४ वर्षको उमेरमा निधन भएको हो। उनी ४ वर्षको उमेरमा बाल कलकारका रुपमा कलाकारितामा लागेकी थिइन्। त्यसपछि दुबई प्रहरी र त्यहाँको सुरक्षा एजेन्सीले श्रीदेवीको निधनको अनुसन्धान गरेको थियो। जसको रिपोर्ट मंगलबार त्यहाँस्थित भारतीय वाणिज्य दूतावास र परिवारलाई सुम्पिएको थियो।

दुबई प्रहरीले श्रीदेवीको शवलाई भारत ल्याउन अनुमति दिएको थियो। जसका लागि यसअघि नै विशेष विमान दुबई पुगेको थियो। श्रीदेवीको शवलाई भारतीय चर्चीत उध्योगी अनिल अम्बानीको विशेष विमानबाट मुम्बई ल्याइएको हो। श्रीदेवीको पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि बुधबार स्थानीय समय अनुसार बुधबार बिहान ९ः४५ बजेदेखि १२ः४५ बजेसम्म सेलिब्रेसन क्लबमा राख्ने कार्यक्रम रहेको छ।

श्रीदेवीको अन्तिम दर्शन गर्न वलिवूडका कलाकार, निर्माता, निर्देशक एवं प्रशंसक उनको शव राखिएको घरमा पुगेको छ। श्रीदेवीको दाहसंस्कार विले पार्लेको पवन हंश मशानघाटमा साढे ३ देखि साढे ४ बजेको बीचमा गरिने कार्यक्रम रहेको बताइएको छ। उनलाई श्रीदेवीका पति बोनी कपूर लगायतले दागबत्ती दिने तय भएको भारतीय सञ्चार माध्यमले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्