Logo

प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीलाई विगानले हरायो

स्तावेज, फाल्गुण ८ गते मंगलवार,०७४, काठमाण्डौं –  म्यान्चेस्टर सिटीलाई पराजित गर्दै विगान एथ्लेटिक ‘एफए कप फुटबल’को क्वाटरफाइनलमा पुगेको छ। सोमबार राति भएको पाँचौं चरणको खेलमा प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीलाई  विगानले १–० ले हराएको हो। खेलमा विगान एथ्लेटिकलाई विजयी गराउन विल ग्रीगले ७९औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।

पहिलो हाफको अन्तिम मिनेटमा म्यान्चेस्टर सिटीका फाबियन डेल्फले रातो कार्ड खाएपछि टोली १० जनामा समेटिएको थियो। यसैको फाइदा उठाउँदै विगानले सनसनीपूर्ण जित निकालेको हो। हारसँगै म्यान्चेस्टर सिटीको जारी सिजनमा चार उपाधि जित्ने सपना टुटेको छ। सिजनको पहिलो उपाधिका लागि सिटीले यही आइतबार वेम्बले रंगशालामा आर्सनलसँग लिग कप फुटबलको फाइनल खेल्दैछ।

प्रतिक्रिया दिनुहोस्