Logo

दीपा राई पुनको गीति एल्बम “प्रतिरुप” को भव्यतापूर्वक सार्वजनिक,भिडियो सहित

                                       हेर्नुहोस् एक भिडियो

स्तावेज,फाल्गुण ७ गते, सोमवार ,२०७४,काठमाण्डौं – नेपाली साहित्य जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल साहित्यकार तथा गीतकार दीपा राई पुनको गीति अल्बम ‘प्रतिरुप’को फाल्गुण ७ गते बागबजारस्थित होटल हार्दिकमा एक विशेष कार्यक्रमको आयोेजना गरी भव्यतापूर्वक सार्वजनिक गरिएको छ ।

सफल कविको रूपमा स्थापित साहित्यकार दीपा राई पुनले नेपाली सांगीतिक आकाशमा आफूलाई एक उज्वल नक्षत्रको रूपमा उभ्याउन सफल भएकी छिन् । सार्वजनिक गरिएको गीतकार दीपा राई पुनको यो अल्बम ‘प्रतिरुप’प्रेरणादायी, मर्मस्पर्शी,भावनाले ओतप्रोत भएको  साथै जिन्दगीका आरोह/अवरोहका भावहरू समेटिएको गीति एल्बमको रूपमा बजारमा आएको छ । नेपाली सांगीतिक आकाशका दीग्गज स्रष्टाहरूले यो नेपाल देखि अमेरिकासम्म देखिएको नेपालीको छायाँ अर्थात् प्रतिबिम्बको रूपमा आएको दाबी गरेका छन् । 

कवि एवं गीतकार पुनको ‘प्रतिरुप’नामक एल्बममा ८ वटा गीतहरू समावेश गरिएका छन् । जसमा पारस मुकारुङ्ग, वालंद राई, राजेश थापा र डी आर अटुको संगीत रहेको छ भने राजेश पायल राई, भीषण मुकारुङ्ग, रजिना रिमाल, मेलिना राई, विजय अधिकारी , विनोद राई र सुनिता थेगिमको स्वर रहेको छ ।

कार्यक्रममा वरिष्ठ गायक गणेश रसिक, वरिष्ठ चित्रकार उत्तम नेपाली, वरिष्ठ संगीतकार बुलु मुकारुङ्ग, चर्चित कवयित्री उषा शेरचन, वरिष्ठ कवि विप्लव ढकाल प्रतीक, गीतकार संघका अध्यक्ष चुणामणि देवकोटा लगायत गायक, गायिका, लेखक. साहित्यकार , तथा संगीतकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

हाल अमेरिकाको बोस्टनमा आफ्नो कर्मथलो बनाउँदै आएकी दीपा राई पुनले अमेरिकामा रहेरपनि नेपाली कला,संगीत एवं साहित्यको साधना गर्दै आएकी छिन् । उनी भन्छिन् “साहित्य एवं गीत संगीत मेरो नशा नशामा बगेको छ ,म यसलाई आफूबाट कहिल्यै अलग गर्न सक्दिन”। भविष्यमा नेपाली साहित्य एवं संगीतमा निरन्तर लागिपर्ने गीतकार एवं साहित्यकार श्री पुनले आफ्नो  प्रेरणाको श्रोत आफ्नो आमा भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्