Logo

चलचित्र ‘पन्चेबाजा’लाई सेन्सर गरियो, १६ वर्ष भन्दा मुनिका दर्शकलाई चलचित्र हेर्न अभिभावक चाहिने

स्तावेज,फाल्गुण ७ गते, सोमवार ,२०७४,काठमाण्डौं – चलचित्र ‘पन्चेबाजा’ले  पिजी प्रमाण पत्र पाएको छ । आइतबार सेन्सर गरिएको उक्त चलचित्रलाई चलचित्र बोर्डले प्रमाण पत्र दिएको हो । ‘पन्चेबाजा’ हेर्न १६ वर्ष भन्दा मुनिका दर्शकलाई अभिभावक चाहिने भएको छ  । घनश्याम लामिछानेको निर्देशनमा तयार भएको फिल्ममा नायक सौगात मल्ल, कर्मा , बुद्धि तामाङ , जस्मिन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । राजेश शाहीले निर्माण गरेको उक्त चलचित्र यसी फागुन ११ देखि प्रदर्शनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्