Logo

सन्दीप लामिछानेको उत्कृष्ट बलिङ ,लिए लगातार तेस्रो विकेट

स्तावेज,माघ २८ गते ,आईतवार २०७४,काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत युएई विरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ। ओसिलो मैदानका कारण खेल ३४ ओभरमा घटाइएको छ।

खेलमा नेपालले ७ विकेट लिइसकेको छ। सन्दीप लामिछानले ३ विकेट लिइसकेका छन्।  सोमपाल कामी २ विकेट लिए। कप्तान पारस खड्का र करण केसीले १-१ विकेट हात पारे। सोमपालले खेलको तेस्रो बलमै नेपाललाई सफलता दिलाए। उनले असरफ अहमेदलाई शून्य रनमा बोल्ड गरे। यस्तै उनले गुलाम सब्बरलाई १६ रनमा आउट गरे। यस्तै करणले युएईका कप्तान तथा ओपनर रोहान मुस्ताफालाई ७ रनमा विकेटकिपर दिलीप नाथबाट क्याच गराए।

सन्दीपले १८औं ओभरमा लगातार २ विकेट हात पारे। उनले १८ ओभरको दोस्रो बलमा रमिज साहजादलाई ४ रन तथा तेस्रो बलमा मोहमद उस्मानलाई शून्य रनमा आउट गरे। चौथो बलमा युएइका ब्याट्सम्यानले रन नलिएपछि सन्दीप ह्याट्रिक गर्न चुके। सन्दीपले व्यक्तिगत तेस्रो विकेटको रुपमा ३० रन बनाएर खेलिरहेका शइमान अन्वारलाई बोल्ड गरेका छन्।

पारसले मोमहद बोतालाई १५ रन बनाएर खेलिरहदा एलबिडब्लुको धरापमा पारे। युएईले २६ ओभरमा ७ विकेट गुमाएर ९२ रन जोडेको छ। नामिबियाको ट्रस्टको युनाइटेड मैदानमा निर्धारित समयभन्दा ३ घन्टा भएको खेलमा युएईले पहिले ब्याटिङ गरिरहेको छ। यसअघि खेल दिउँसो सवा १ बजेदेखि हुने तय थियो।

पहिलो खेलमा जित निकालेका दुवै टिम दोस्रो खेलमा पराजित भएका थिए। डिभिजन–२ को शीर्ष २ भित्र परेर एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउन दुवै टिमका लागि खेल महत्वपूर्ण छ।

यसअघि नेपालले पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपाललाई ओमानले ६ विकेटले हराएको थियो। युएईले पनि पहिलो खेलमा केन्यामाथि २ सय १८ रनको फराकिलो अन्तरको जित हात पारेको थियो। तर, दोस्रो खेलमा युएई क्यानडासँग २३ रनले पराजित भयो। क्यानडा प्रतियोगितामा दुवै खेलमा जित हात पार्ने एक्लो टिम हो।

प्रतिक्रिया दिनुहोस्