Logo

सर्वाधिक हेरिएको चलचित्र ‘दर्पण छाया -२’ -युट्युब ट्रेन्डिङको १ नम्बरमा

स्तावेज संवाददाता ,माघ २८ गते ,आईतवार २०७४,  काठमाडौं —निर्देशक तुलसी घिमिरेको निर्देशन/कथा रहेको चलचित्र ‘दर्पण छायाँ -२’ लाई युट्युबमा रिलिज गरिएको छ। चलचित्रलाई शुक्रबार रिलिज गरिएको हो । उक्त चलचित्रले हप्तौंसम्म युट्युब ट्रेन्डिङ नम्बर १ कब्जा गरेको चलचित्र ‘जात्रा’लाई पछी पार्दै ट्रेन्डिङ नम्बर वानमा आएको छ ।

चलचित्रलाई ७,११,००२ पटक हेरिएको छ (समाचार तयार गर्दा सम्म )। चलचित्रमा पुष्पल, सहारा, श्रद्धा, फिरोज, शेर बाहादुर, जीवन, सुमन, तुफान, रोशनी, सरिना लगायत कलाकरको अभिनय रहेको छ । युट्युबमा चलचित्र हेर्ने अधिकांशले तुलसी घिमिरेको निर्देशन/कथाको तारिफ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्