Logo

सारा नेपालीहरूलाई बालापनको याद गराए गायक अमितले ….

                                                                        हेर्नुहोस् भिडियो

ज्याक खड्का,दस्तावेज संवाददाता ,माघ २८ गते ,आईतवार २०७४,  काठमाडौं — नेपाली साङ्गीतिक आकाशमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सर्जक नारायण कंडेल र मिठो स्वरका धनी गायक अमित सापकोटाले बालापनमा गुच्चा खेलेका साथीहरूलाई सम्झिएका छन् ।

सर्जक नारायण कंडेलको उत्कृष्ट शब्दमा अमित सापकोटाको मिठो आवाज रहेको गीति कोसेली “गुच्चा खेल्ने साथी”मा बालापनका साथीहरूको याद गर्दै समय परिस्थितिले गर्दा कोही विदेशमा कोही स्वदेशमा हुनु परेको र कोही साथीहरूले धन कमाएर धनको मातले आफ्नै साथी बिर्सेको साथै कति दुःख र पिरले गर्दा सम्झना हुँदा हुँदै पनि भेट्न बोल्न नसकेको बाध्यतालाई अत्यन्त सुन्दर ढङ्गले प्रस्तुत गरिएको यस गीति कोसेलीमा सर्जक नारायण कडेल र अमित सापकोटाले तिनै बाला पनका “गुच्चा खेल्ने साथी” लाई सम्झिएका हुन्।

शिव सुवेदीको लय,राहुल राईको छायाङ्कन, रेशम सापकोटाको निर्देशन,होम दाहाल/गोरन चौधरी बिपेश घिमिरे र दिनेश कार्कीको अभिनय साथै रोशन धितालले सम्पादन गरेको यस म्युजिक भिडियोलाई तरेली सङ्गीत कुञ्जले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्