Logo

राजेशपायलको भ्यालेनटाइन गीत ‘तिमीलाई नसम्झिने त सार्वजनिक (भिडियो सहित )

स्तावेज संवाददाता,माघ २३ गते, मंगलबार २०७४,काठमाडौँ – नेपाली गायन क्षेत्रका ‘मेगास्टार’ राजेश पायल राईको नयाँ गीत तथा भिडियो सार्वजनिक भएको छ । ‘भ्यालेनटाइन–डे’ अर्थात् प्रेम दिवश लक्षित गरेर ‘तिमीलाई नसम्झिने त कुनै छिन छैन’ बोलको प्रेम गीत सार्वजनिक गरिएको हो ।  

बबी गुरुङको शब्द रचना तथा राजकुमार बगरको संगीत रहेको यस गीतको भिडियोलाई पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा व्यस्त रहेका राधाकृष्ण आचार्यले निर्देशन गरेका हुन् । ‘तिमीलाई नसम्झिने त कुनै छिन छैन’ गीतको यस भिडियोमा सनम कठायत, खुसी र बुद्धिले अभिनय गरेका छन् । यस प्रेमभाव गीतको भिडियो निकै मार्मिक बनेको छ । प्रेम गर्ने प्रेमी/प्रेमिका लागि लक्षित यो गीत राजेश पायलले गाएको पछिल्लो प्रेमभाव युक्त गीत हो । 

भर्सटाइल गायकका रुपमा समेत कहलिएका राजेश पायलले यस गीत मार्फत सुगम संगीतका लागि एकपटक फेरि दरिलो खम्बाका रुपमा प्रस्तुत गरेका छन् । गीतको भावना अनुसार निर्देशक आचार्यले कथा चित्रण गर्न सफल भएका छन् । यस भिडियोलाई रेशम दर्लामीले खिचेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्