Logo

हिट हुँदै ‘हेट स्टोरी IV’ को ट्रेलर सार्वजनिक , उर्वशी कामूक अवतारमा

स्तावेज,माघ २१ गते आईतवार,२०७४, उर्वशी रौटेला अभिनित फिल्म ‘हेट स्टोरी IV ’ को ट्रेलर अहिले निकै चर्चामा छ । ट्रेलरलाई समाचार तयार पार्दासम्म युट्युबमा मात्रै २ करोड ७० लाखभन्दा धेरैपटक हेरिएको छ। ९ मार्चमा रिलिज डेट तय भएको यस फिल्ममा उर्वशी रौटेला, करण वाही र विवान भटेना मुख्य भूमिकामा छन्। 

यस फिल्मका निर्देशक तथा निर्माताले पनि ट्रेलरले यति धेरै चर्चामा पाउने अपेक्षा नगरेको प्रतिक्रिया दिएका छन्। ट्रेलरमा उर्वशी निकै कामूक देखिएकी छिन् ।  फिल्मका निर्देशक विशाल पाड्याले हेट स्टोरी–२ र हेट स्टोरी –३ को तुलनामा यस फिल्मको ट्रेलरले धेरै राम्रो प्रतिक्रिया पाएको बताएका छन्।

उनी फिल्म पनि राम्रै चल्नेमा आशावादी छन्।  हेट स्टोरी शृंखलाअन्तगर्गतका फिल्महरु बोल्ड र हट कन्टेन्टका कारण हिट हुने गरेको छ । कम बजेटमै तयार भएका फिल्ममा अघिल्ला ३ शृंखलाले पनि राम्रो व्यापार गरेका थिए । कामूक फिल्म हेर्न चाहने भारतीय दर्शकहरुको रोजाईमा फिल्मका शृंखला पर्ने गरेका छन् । ‘ ‘हेट स्टोरी IV ‘मा  ‘आशिक बनाया आपने’ नाम चर्चित गीत पनि समावेश गरिएको छ। ‘आशिक बनाया आपने’ नामक सन् २००५ मा रिलिज भएको फिल्ममा यो गीत शीर्ष गीत थियो।   

प्रतिक्रिया दिनुहोस्