Logo

शताब्दी साहित्य प्रतिष्ठानले “मनका कथा”माथि अन्तरक्रिया गर्यो

सिन्धु पौडेल,दस्तावेज संवादादाता , माघ ६ गते शनिवार ,२०७४,काठमाडौं –  शताब्दी साहित्य प्रतिष्ठान र सिसारले तानसेन , पाल्पाकीे कथाकार मन गहिरेको कथा संग्रह मनका कथाहरूको अन्तरक्रिया कार्यक्रम पद्मकन्या क्याम्पस ,बागबजारमा समापन गरेको छ । शताब्दी साहित्य प्रतिष्ठानकी अध्यक्ष  अन्जना पौडेलको सभापतित्वमा सुरू भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ कथाकार माया ठकुरीले समाजमा महिला लेखकलाई सकारात्मक रूपमा बुझ्ने अवस्था अझै आइ नसकेकोले आफैँ अग्रसर हुनुपर्ने र आफ्ना भावना लेख्दै जानु पर्छ भनेर हौस्याउनुभएको थियो । विभिन्न प्रेरणादायी उदाहरणले कार्यक्रममा रौनकता थप्नुभएको थियो ।

विशेष अतिथिहरूमा कथाकार भागिरथी श्रेष्टले निरन्तरता दिएमा अवश्य सफल भइन्छ भन्नुभयो र कथाकार रामप्रसाद पन्तले समाजको एेना कथामा उतार्न सजिलो छैन तर प्रयास गर्नु पर्छ भन्नुभयो । आजको कार्यक्रममा वक्ताहरू ग्याननिष्ठ गवाली र तर्कना शर्मा हुनुहुन्थ्यो । अतिथि टिप्पणीकारमा डा.शान्तीमाया गिरी हुनुहुन्थ्यो । आजको सिसार सह आयोजक रहेको उक्त कार्यक्रमको सिसारका प्रधान सम्पादक गाननिष्ठ गवालीले कार्यक्मको बारेमा र मनका कथाको बारेमा चर्चा गर्नुभएको थियो । वक्ता तर्कना शर्माले मनका कथा भित्रका बिभिन्नन कथाका पाटोहरू केलाएर समालोचना गर्नुभएको थियो । 


टिप्पणीकार डा. शान्ति गिरीले मनका कथाका अनेक आयाम खोतलेर विश्लेषण गर्नुभएको थियो । डा.बम बहादुर जितालीले मनका कथा पाठकलाई पढुँ पढुँ लाग्ने गरी हौस्याउनुभयो । प्रा.डा सावित्री कक्षपतिले जीवनमा नौ ओटा सिँढी चढ्नै पर्ने विचार गर्नु भएकोले सहभागीहरू सोचमग्न हुनुभएको थियो ।

मनमा कथाका विभिन्न आयाम पढ्नुभएका पाठकहरूले लेखकलाई प्रश्नहरू गर्नुभएको थियो र लेखकले सहज रूपमा स्वीकारेर अन्तरक्रियामा सक्रिय रूपमा सहभागी हुनु भएको थियो। कथाका धेरै कुराहरू सिक्ने र बुझ्ने मौका पाएकोमा उपस्थित सबैजनाले एक उपलव्धीपूर्ण कार्यक्रमको रूपमा लिनुभएको छ ।

कार्यक्रमको सहजकर्ता साहित्यकार शोभा न्यौपानेले कार्यक्रम रोचक रूपमा प्रस्तुत गर्नु भएकोले पनि सबैजना अतिथिहरू कार्यक्रमको अन्यसम्म बस्नुभयो र कार्यक्रम सभ्य रूपमा सम्पन्न भएको थियो । कार्यक्रममा अतिथिहरू साहित्यकार ललिता दोषी , अनेसास नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली,पाल्पाका सर्जक राजेश्वर उदय ,वरिष्ठ साहित्यकार गंगा पौडेल, साहित्यकारहरू पुष्कर लोहनी , सरू सुवेदी, रन्जना निरौला, कवि तारा केसी, उमेस पाण्डे,चन्द्रा न्यौपाने ,रस्मी रिमाल,भिस्म फुलारा मुरारी सिग्देल , फुलारा,गीतकार रविन्द्र आशिष् शैली, साहित्यकार कल्पना कल्प पुन्ज आदि गरेर ७० भन्दा बढी सर्जकहरूको वजनदार उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्