Logo

राखेप च्याम्पियनसिप अन्तर्गत १४ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता बिहिवार बाट शुरु

स्तावेज, माघ ४ गते बिहिवार ,२०७४,काठमाडौं – राखेप च्याम्पियनसिप अन्तर्गत १४औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता बिहिवार देखि शुरु भएको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको आफ्नै हलमा माननिय खेलकुद मन्त्री राजन के.सी. ज्यू ले वरिष्ठ अन्तर्राष्ट्रिय रेफ्री नबिनकुमार श्रेष्ठ ज्यूलाई चेस्टगार्ड र हेड्गार्ड हस्तान्तरण गरी शुरु गर्नुभएको छ ।

उक्त प्रतियोगितामा ओलम्पियन निशा रावलले मध्यमाञ्चलका सुष्मा गुरुङलाई पछि पार्दै राखेप च्याम्पियनसिप अन्तर्गत १४ औँ राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको महिला ७३ केजी माथि बिहिवार  स्वर्ण पदक जितेकी छन् । महिला ७३ केजीमुनि एपीएफकी अप्सरा कार्की तथा ६७ केजीमुनि नेपाल प्रहरीकी सीता तामाङले पहिलो स्थान हात पारीन् फाइनलमा अप्सराले प्रहरीकी सुमित्रा के.सी. तथा सीताले आर्मीकी रेश्मा थापालाई हराए ।

पुरुष ८७ केजीमाथि प्रहरीका अनोज पुजारी पहिलो भए । फाइनलमा उनले आर्मीका मोहम्मद वेशको चुनौती समाप्त पारे । ८७ केजीमुनि मध्यमाञ्चलका भुपेन श्रेष्ठले फाइनलमा प्रहरीका दुर्गा थापालाई पाखा लगाउँदै शीर्ष स्थान हात पारे । भुपेन नेपाली तेक्वान्दोमा छवि बनाएका सक्षम कार्की, रञ्जन श्रेष्ठ, काजल श्रेष्ठ, तारा रायमाझी र उज्वल गुरागाईँ झैं कोटेश्वर तेक्वान्दो

डोजाङका राम्रा र कुशल खेलाडी भएकोर खेलाडीले गरेको रेगुलर ट्रेनिङले गर्दा उक्त पदक जित्न सफल भएको कुरा कोटेश्वर डोजाङका संस्थापक,वरिष्ठ अन्तर्राष्ट्रिय रेफ्री तथा तेक्वान्दो संघ अन्तर्गत रेफ्री कमिटीका चेयरम्यान नवीनकुमार श्रेष्ठले जानकारी गराउनुभयो । त्यसैगरी ८० केजीमुनि प्रहरीका जेम्स प्रधानले स्वर्ण जिते । उनले फाइनलमा आर्मीका उज्ज्वल गुरागाईंलाई पन्छाए ।

पुम्सेको पुरुष १६ वर्षमुनि एपीएफका नवीन श्रेष्ठ र आर्मीका कृष्ण तामाङ, २० वर्षमाथि आर्मीका शिशिर श्रेष्ठ र मध्यमाञ्चलका उज्ज्वल श्रेष्ठ तथा २० वर्षमाथि प्रहरीका कमल श्रेष्ठ र मध्यमाञ्चलका सुजन तामाङले क्रमशः स्वर्ण र रजत हात पारे ।
पुम्सेकै महिलातर्फ १६ वर्षमुनि प्रहरीकी मोनिका रम्तेलले स्वर्ण र मध्यमाञ्चलकी रिता श्रेष्ठले रजत चुमे ।

२० वर्षमुनि पूर्वाञ्चलकी सिना मादेनले आर्मीकी रोशनी श्रेष्ठलाई पछि पार्दै पहिलो भइन् । २० वर्षमाथि आर्मीकी निता गुरुङ पहिलो र प्रहरीकी पार्वती गुरुङ दोश्रो बने । प्रतियोगितामा ५ विकास क्षेत्र र ३ विभागीय गरी ८ टिमका १ सय ७६ खेलाडीले विभिन्न २२ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

   Dipendra Dhakal

[email protected]

प्रतिक्रिया दिनुहोस्