Logo

कोटेश्वर तेक्वान्दो डोजाङद्दारा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई सम्मान

 

स्तावेज संवाददाता,पौष २८,गते शुक्रवार, २०७४ काठमाडौँ – कोटेश्वर तेक्वान्दो डोजाङले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई बिहीबार सम्मान गरेको छ । प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएकोमा उनीहरूलाई सम्मान गरिएको हो ।

राखेप च्याम्पियनसिप अन्तर्गत माघ ३ गतेदेखि काठमाडौँमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि खेलाडी छनौट कार्यक्रममा आयोजित मध्यमाञ्चल क्षेत्रीय छनौट प्रतियोगिताको उद्घाटन अवसरमा डोजाङ प्रमुख नवीनकुमार श्रेष्ठले उनीहरूलाई सम्मान पत्र प्रदान गरी सम्मान गर्नुभयो । सोही अवसरमा प्रदेशसभामा निर्वाचित सानुकुमार श्रेष्ठ र कोइकाका स्वयंसेवक प्रशिक्षक जे हो लीलाई पनि सम्मान गरिएको थियो । छनौट प्रतियोगितामा १ सय ६५ खेलाडी सहभागी रहेका थिए । त्यसमध्ये २२ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएका छन् । पदक जित्न सफल भएकोमा अन्तर्राष्ट्रिय रेफ्री तथा कोटेश्वर तेक्वान्दो डोजाङका डोजाङ प्रमुख नवीन कुमार श्रेष्ठले सम्पूर्ण खेलाडीहरुमा धेरै धेरै बधाई तथा आउने दिनहरुमा अझ सफलताको शुभकामना दिनुभएको थियो ।उक्त प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टद्दारा बिजयी खेलाडीहरुलाई मेड्ल तथा प्रमाणपत्र वितरण गरी शुक्रबार समापन हुनेछ  ।

विजयी खेलाडीहरू निम्न छन्

१६ वर्ष मुनी महिला समूहतर्फ

१. रिता श्रेष्ठ – (काठमाण्डौं) प्रथम
२. सानु राई (ललितपुर) द्धितिय

१६ बर्षमुनीको पुरुष समूहतर्फ

१ .निशा दर्नाल – (बारा )प्रथम

२.हेमकला मगर (काठमाण्डौं )दोस्रो
३.निशा थापा – (ललितपुर) तेस्रो

१६ वर्ष मुनिको पुरुष समूहतर्फ

१.सुरज गोपाली –(काठमाण्डौं)प्रथम
२.युवराज पाण्डे (भक्तपुर)दोस्रो
३.बिशाल लोप्चन –(सिन्धुपाल्चोक) तेस्रो
४.सन्तोष चौधरी –(रामेछाप) तेस्रो

२० बर्ष मुनिको समूहतर्फ

१.उज्वल श्रेष्ठ – (ललितपुर) प्रथम
२.सुमन च्याङ वाङ लिम्बु –(सिन्धुपाल्चोक) दोस्रो
३.श्रृजङ के.सी. (भक्तपुर) तेस्रो
४.अर्जुन मोक्तान (बारा) तेस्रो

२० बर्ष माथिको समूहतर्फ

१.सुजन तामाङ – (ललितपुर) प्रथम
२.टिकाराम राना मगर (रामेछाप) दोस्रो
३.सरोज लवजु (भक्तपुर) तेस्रो
४.रामचन्द्र गोपाली – (काठमाण्डौं) तेस्रो

पुरुष ६८ के.जी. समूहतर्फ

१.किरण सिटिकुुलु (भक्तपुर) प्रथम
२.बिष्णुमान तामाङ (रसुवा) दोस्रो
३.दिनेश गुरुङ (नुवाकोट) तेस्रो
४.कुमार लाउत (दोलखा) तेस्रो

पुरुष ६३ के.जी.समूहतर्फ

१.बिकास मगर (काभ्रे) प्रथम
२.अजय तामाङ –(दोलखा) दोस्रो
३.अजय तामाङ (सिन्धुपाल्चोक) तेस्रो
४.सुवास तामाङ –(नुवाकोट) तेस्रो

पुरुष ५४ के.जी.समूहतर्फ

१.बिशाल गोले (मकवानपुर) फाईनल
२.सागर मगर (महोत्तरी) फाईनल
३.विवेक के.सी.(काठमाण्डौं) तेस्रो
४.शुसन,गणेश (भक्तपुर) तेस्रो

पुरुष ५८ के.जी.समूहतर्फ

१.कपिल थापा –(काभ्रे) फाईनल
२.बाबुल कुमार चौहान –(पर्सा)
३.जिन बम्जन(ललितपुर) तेस्रो
४.बिपुल थापा.(काठमाण्डौं) तेस्रो

महिला ४६ के.जी.समूहतर्फ

१.सरिता रुवाली –(काठमाण्डौं)फाईनल
२.दक्षिणा ठकूरी–(काठमाण्डौं)फाईनल
३.मन्जु लामा– (रामेछाप) तेस्रो
४.अस्मिता महर्जन (महोत्तरी) तेस्रो

प्रतिक्रिया दिनुहोस्