Logo

हजार चोट सहेर पुनरागमन भएका गायक आनन्द कार्की (भिडियो सहित)

                                   हेर्नुहोस् भिडियो

स्तावेज संवादादाता,पौष २१ गते शुक्रवार ,२०७४,काठमाडौँ – सोलुखुम्बुको दिङ्ला गाउँमा जन्मिएका गायक आनन्द कार्की नेपाली सांगीतिक आकाशमा एक अब्बल स्तम्भ नै हुन् । हिन्दी गीतका लागि पनि ख्याति कमाएका जादुमयी स्वरका धनी गायक जे गाउँछन् खुलेर गाउँछन् र सबै विधाका गीतमा उतिकै आनन्द महशुस गर्दछन् र प्रशंसा पनि बेजोड पाउँछन् । इण्डियन आर्मीमा जागिरे बुबासँग ६ वर्षको उमेरमा लखनउ छिरेका त्यहीँ नै औपचारिक शिक्षा समेत लिएका हुन् कार्कीले ।

लखनउमै संगीतको विषारदसम्मको शिक्षा लिएका कार्कीले इन्टरमिडियट सम्मको अध्ययन पनि उतै गरेका हुन् । शास्त्रीय संगीतको शिक्षा लिएँसँगै उनले विभिन्न हिन्दी तथा नेपाली गीतमा स्वर दिन थाले । लखनउको भारतखण्डे संगीत महाविध्यालयमा उनले संगीत शिक्षा लिएका हुन् । मुम्बईमा संगीतको शिक्षा हासिल गरेका उनले आफ्नो गायन कलालाई निखार्दै लगे । ०४२ सालमा नै उनले रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका कार्कीले सोही समयमा नै शक्ति बल्लभको संगीतमा ‘जीवनमा धेरै खोला तर्नु छ’ बोलको गीत पहिलो पटक ल्याएका थिए ।

 सन् १९९९ मा लन्डनमा भएको इन्टरनेशनल सारेगम अन्तरीक्षको उपाधिसमेत हात पारेका कार्कीले विभिन्न देशमा गएर आफ्नो प्रस्तुति समेत दिइसकेका छन् । त्यस्तै छिन्नलता पुरस्कार १९९७ र २००९, प्रबल गोर्खा दक्षिण बाहु जस्ता दर्जनौं पुरस्कारबाट पुरस्कृत भइसकेका छन् । नेपाली सांगीतिक दुनियाँमा करिब ३ दशक समर्पित भैसकेका कार्कीले करिब ३ हजारभन्दा बढी गीतमा आफ्नो स्वर दिइसकेका छन् ।

यस्तै  नेपाली मनोरञ्जन क्षेत्रमा दृश्य सम्पादनलाई आफ्नो पेशा बनाएर प्रवेश गरेका व्यक्तिको नाम हो बिरेन्द्र भाट ‘बिपिन’ । अहोरात्र यसै क्षेत्रमा खटेर कम्प्युटरको किबोर्डमा चल्ने हातहरूलाई उनले त्यतिमा मात्र सीमित राखेनन् । अरूले खिचेर ल्याएका दृश्यका सटहरु काट्दा र जोड्दाका अनुभव संगालेका उनी आफैँ क्यामराको लेन्स घुमाउँदै फ्रेम बनाउन थाले जसले सम्पादक बिरेन्द्रलाई कुशल छायाँकारको रूपमा पनि स्थापित बनायो ।

हरेक मान्छेको चाहना एउटा सफलताबाट अर्को हुँदै सफलताको सिँढी खोज्न मै बित्ने गर्दछ तर बिरेन्द्रको अनुभव खोजाईमा मात्र बितेन । आफू उक्लिएका हरेक सिंढीहरुमा उनी सफल बन्दै गए र कुनै बेलाको केवल एउटा भिडियो सम्पादक परिचय अहिले फेरिएको छ । सम्पादक र छायाँकारको परिचय बोकेका बिरेन्द्रले अहिले आफ्नो परिचय निर्देशकमा पनि दर्ता गराउँन सफल भएका छन् । उनै बिरेन्द्र भाट विपिनको निर्देशन तथा सम्पादनमा तयार गरिएको “हजार चोट सहे पनि ” नामक गीतको म्यूजिक भिडियोले अहिले निकै चर्चा कमाउँदै छ ।

गीतकार जानकी पन्त (जून)को “हजार चोट सहे पनि” गीतमा चर्चित एवम् वरिष्ठ गायक आनन्द कार्कीको स्वर रहेको छ । हाल बेलायतमा आफ्नो कर्म थलो बनाए पनि नेपाली गीत सङ्गीत र संस्कृतिलाई निरन्तरता दिने क्रममा आफू भन्दा धेरै माया गर्दै आइरहेकी गीतकार जानकी पन्त “जून” का निकै भावुक शब्द, लक्ष्मण राज सिटौलाको सुमधुर सङ्गीत तथा सञ्जय खड्गीको सङ्गीत संयोजन रहेको छ ।

यस गीतमा निर्देशक विपिनले उनै वरिष्ठ गायक आनन्द कार्की, गीतकार जानकी पन्त “जून” र कञ्चन के.सी.लाई पर्दामा उतारेका छन् जुन गीतको छायांकन हरिश महराले गरेका छन् । यस गीतलाई वर्ल्ड कभर मिडियाले बजार व्यवस्थापन गरेको छ । लामो समय साङ्गीतिक क्षेत्रबाट ओझेलिएका गायक कार्कीलाई उनको साङ्गीतिक पुनरागमन फापेको चर्चा चल्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्