Logo

चेल्सीलाई पन्छाउँदै म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा फर्कियो

स्तावेज,,पौष १८ गते  , मंगलवार,२०७४,काठमाडौं – चेल्सीलाई पछि पार्दै म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा फर्किएको छ। लिग अन्तर्गत सोमबार राति भएको खेलमा एभर्टनलाई २–० ले हराउँदै म्यानचेस्टर युनाइटेड ४७ अंकसहित दोस्रो स्थानमा उक्लिएको हो।

लिगमा लगतार तीन खेलमा बराबरीपछि युनाइटेडले पहिलो जित दर्ता गर्ने क्रममा एन्थोनी मार्शल र जेसी लिङगार्डले एक-एक गोल गरेका थिए। पहिलो हाफमा गोल रहित बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले दोस्रो हाफमा आक्रमक प्रदर्शन गर्दै दुई गोल गरेको हो।

खेलको ५७ औँ मिनेटमा मार्शलले गोलबाट अग्रता लिएको उसले खेल सकिन ९ मिनेट बाँकी हुँदा लिङ्गार्डले गोल मार्फत अग्रता दोब्बर पार्दै युनाइटेड २–० ले विजयी भयो।

जितपछि २२ खेलबाट ४७ अंक भएको भएको युनाइटेट दोस्रो स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको चेल्सी तेस्रो स्थानमा झरेको छ। चेल्सीको २१ खेलबाट ४५ अंक छ। युनाइटेड शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा १२ अंकले पछि छ ।

प्रतिक्रिया दिनुहोस्