Logo

जापानको राजधानी टोकियोमा नेपाली चलचित्र झ्यानाकुटीको भव्यतापूर्वक प्रदर्शन गरिने

ज्याक खड्का, दस्तावेज संवादादाता,पौष,१५ गते,शनीवार,२०७४,  टोकियो,जापान – अंग्रेजी नयाँ वर्षको अवसर पारेर जापानको राजधानी टोकियोमा नेपाली चलचित्र झ्यानाकुटी प्रदर्शन हुने भएको छ । यही जनवरी ७ तारिकका दिन जापानको टोकियो स्थित मेगुरो कुमिन सेन्टरमा चलचित्र प्रर्दशन गर्न लागिएको छ। बाँके वर्दिया मैत्री समाको सहयोगमा सो चलचित्र टोकियोमा प्रदर्शन गर्न लागिएको हो ।

चलचित्रको टिकट दर २५०० येन र भिआईपी १ मान रहेको आयोजकले जनाएको छ। सिमोस सुनवारले निर्देशन गरेको चलचित्रमा नायक सौगात मल्ल र नायिका वेनिशा हमालको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्