Logo

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालद्दारा अत्याधुनिक एमआरआइ मेसिन सञ्चालनमा

स्तावेज, पौष १३ गते विहिवार २०७४,काठमाडौँ – नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले अत्याधुनिक प्रविधि भएको बिरामीमैत्री तीन टेस्ला एमआरआइ प्रविधि सम्पन्न १२८ स्लाइस सिटिस्क्यान मेसिन सञ्चालनमा ल्याएको छ । 

अस्पतालको निदानात्मक सेवा थप गर्दै अस्पतालमा आफूलाई पूर्णतया न्युक्लियर मेडिसिन सेन्टर भएको दाबी गरेको छ । नवजडित ती अत्याधुनिक उपकरणको आज पूर्वयुवराज्ञी हिमानी शाहले शुभारम्भ गरिन्  । 

अस्पतालका निर्देशक नेहा चौधरी शाक्यले नेपालमा अन्तर्राष्ट्रियस्तरको उपचार सेवा प्रदान गर्दै अस्पताललाई न्युक्लियर मेडिसिन सेन्टरका रुपमा परिणत गर्ने उद्देश्य पूरा भएको बताए  । 

नेदरल्याण्डमा निर्माण भएको तीन टेस्ला एमआरआइमा त्यसको सुरुङभित्र बिरामीले श्रव्यदृश्य प्रणालीमार्फत आफूलाई मनपर्ने संगीत, भिडियो हेर्न सुन्नसक्ने सुविधा भएको बताइएको छ । 

यस एमआरआइ प्रणालीमा रहेको स्वःचालित आधुनिक (निर्देशक गर्ने बोली) भ्वाइसले बिरामीलाई श्वासप्रश्वास रोक्ने, एमआरआइ टेबुलको चालबारे स्क्यान गर्ने अवधिसमेत जानकारी गराउने भएकाले बिरामीलाई सजिलो भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्