Logo

को हुन्छ त मिस्टर एन्ड मिस थारु ?

ज्याक खड्का, दस्तावेज संवाददाता, मंसिर २८ गते शुक्रवार, २०७४,काठमाडौँ – अहिले थारु समुदायमा मिस्टर एन्ड मिस थारुको चर्चा परिचर्चा छ।सकारात्मक-नकारात्मक दुवै किसिमका कुराले ठाउँ पाएकोछ। यसो त कलासंस्कृतिले धनी यो समुदायलाई लक्षित गर्ने कुनै पनि सौन्दर्य प्रतियोगिताहरु हुदैनन नभन्न पनि सकिन्न। अन्ततः नेक्स्ट इभेन्ट्को सहकार्यमा थरुहत ड्टकम अन्लाईन मिडियाले यो प्रतियोता गरिछाड्यो। जे होस ,आफूलाई चिनाउने गतिलो प्लेटफर्मको रूपमा लिएर प्रतिस्प्रधिहरुमा भने उत्साह देखिन्छ।

बर्दियाकी सम्झना चौधरी कुशल समाजसेवी बन्न चाहन्छिन। यस प्रतियोगिता बाट रंगिन अनुभव लिई उनी आफ्नो स्वाभिमान र हौसला लाई दृढ़ बनाउन चहन्छिन। सानैदेखि ग्ल्यामरस दुनियामा रमाउन चाहने शुभम चौधरी फेसन डिजाइनमा स्नातकोत्तर गर्दैछ्न। उनी विभिन्न कार्यक्रमहरूमा नृत्य गरेर एक कलाकारको पहिचान समेत बनाइसकेका छन्। यस प्रतियोता बाट उनी आफ्नो कला र संस्कृतिलाई सबैसामु चिनाउने धोको केही हदसम्म पूरा हुने विश्वास राख्छन्।

रेबिका चौधरी पनि फेसन डिजाइनरका विध्यार्थी हुन्। आफ्नो परम्परागत पोशाक लाई फेसन दुनियाँमा चिनाउने उद्देश्य बोकेकी उनी प्रतियोगिताको प्रशिक्षणले आफ्नो ब्याक्तित्वमा निकै परिवर्तन आएको बताउँछिन्।

सर्लाहीकी रिन्कु पजियार नाच्नमा खप्पिस छिन्। उनी यस प्रतियोगिताले आफ्नो क्षमता र प्रतिभामा अझ निखार आउने विश्वास गर्छिन्। नेपालगन्जका किश्मत सिंह चौधरी मेलाम्ची खानेपानीमा इन्जिनियरिङ काम गर्छन्। उनी तालिम पश्चात् अब जो कोहीको अगाडी आफू र आफ्नो थारु समुदायको पहिचान बारे खुलेर कुरा गर्नसक्ने बताउँछन् ।

इटहरीका सागर विश्वासको रुचि समाजसेवी र व्यवसायी हो । उनी मिस्टर थारु भएर आफूलाई चिनाउन चाहन्छन् । सबि चौधरी आफ्नो स्वार्थलाई त्यागेर निस्वार्थ रूपमा समाजसेवा गर्न चाहन्छिन्। आफूमा भएको कमि कमजोरी पहिचान गरी असल काम गरेर उनी समाजको उदाहरणिय व्यक्ति बन्न चाहन्छिन्।

रोशनी चौधरी भन्छिन्”आफ्नो पहिचान झल्काउन अन्य सौन्दर्य प्रतियोगितामा सहभागी हुन जरुरी छैन, यसको लागि मिस्टर एन्ड मिस थारुनै राम्रो प्लेटफर्म हो।” रेडियोलोजिस्ट बन्ने लक्ष्य रहेको उनी यस प्रतियोगिताले आफूमा सकारात्मक परिवर्तन आएको बताउछिन्। आयोजका अनुसार प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा पौष ३ गते राष्ट्रिय नाचघर जमलमा सम्पन्न हुँदैछ।

प्रतिक्रिया दिनुहोस्