Logo

वर्षा, केकी, प्रियंका, ऋचा र सृष्टी मध्ये ‘लक्स व्युटी स्टार’ को उपाधी कसलाई ?

स्तावेज, मङ्सिर १७ गते, आइतबार, २०७४,काठमाण्डौं – सिने मासिक कामनाले प्रकाशनको तीन दशकभन्दा बढी लामो यात्रा पार गरेको सुखद अवसरमा सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा २०७१ सालबाट थालनी गरेको सिजी कामना फिल्म अवार्ड्सको तेस्रो संस्करण आगामी २२ पुसमा आयोजना हुँदैछ ।

आयोजक कामनाले एक बिज्ञाप्ती मार्फत अवार्ड आयोजना हुने मिति सार्वजनिक गरेको हो । राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा ३२ विधामा बाँडिने अवार्ड समग्र फिल्म क्षेत्र र फिल्मकर्मीमा समर्पित हुने दाबी आयोजकको रहेको छ ।

अवार्डमा चलचित्र छक्का पञ्जा सर्वाधिक धेरै १७ विधाको मनोनयनमा परेको छ । दीपाश्री निरौलाको डेब्यु निर्देशनमा बनेको छक्का पञ्जा उत्कृष्ट चलचित्र, नव निर्देशक, कथा, पटकथा, संवाद, अभिनेत्री, सहअभिनेता, सहअभिनेत्री, खलपात्र, हास्य कलाकार, पाश्र्व गायक, नृत्य निर्देशक, पाश्र्व संगीत, छायांकन, सम्पादन र ध्वनि मिश्रण विधाको मनोनयनमा परेको छ । यो चलचित्रबाट पाश्र्व गायकमा दुई गायक राजनराज शिवाकोटी र कृष्ण काप्mले मनोयनमा परेका छन् ।

त्यसैगरि प्रदीप भट्टराईको डेब्यु निर्देशनमा बनेको जात्रा र गाजलु १४÷१४ विधाको मनोयनमा परेको छ । निश्चल बस्नेतद्धारा निर्देशित चलचित्र लुट २ एघार विधाको मनोयनमा पर्दा आकाश अधिकारीद्धारा निर्देशित के म तिम्रो होइन १० विधामा सिमित छ । अवार्डमा चलचित्र बाटोमूनिको फुल २ र डाइङ क्याण्डल (निभ्न लागेको दियो) ९÷९ विधाको मनोयनमा परेका छन् । नव निर्देशक सन्तोष शिवाकोटीद्धारा निर्देशित चलचित्र शब्द ८ विधामा तथा मिलन चाम्सद्धारा निर्देशित विर विक्रम ५ विधाको मनोनयमा परेको छ । ऋषि लामिछानेद्धारा निर्देशित चलचित्र किस्मत २ पनि ५ विधाको मनोनयनमा छ । चलचित्र निर्भय र चपली हाइट २ चार चार विधाको मनोनयनमा परेका छन् ।

होमवर्क र सफर चलचित्र केही बिधामा छन् । अवार्डमा चलचित्र क्षेत्रमा पु¥याएको योगदानको आधारमा कला र प्रविधि क्षेत्रबाट एक एक ब्याक्तिलाई जनही १ लाख रुपियाँ नगद सहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिनेछ । त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ । संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिनेछ ।
यस बर्षबाट अवार्डमा नयाँ विधा लक्स पपुलर च्वाईस अवार्ड पनि थपिएको आयोजकले जानकारी दिएको छ । केवल एसएमएस भोटिङका आधारमा लक्स व्युटी स्टार छनौट हुने अवार्डको यो विधामा वर्षा राउत, केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा र सृष्टी श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ । वर्षा, केकी र प्रियंका उत्कृष्ट अभिनेत्री तथा सृष्टी नवअभिनेत्रीको मनोनयनमा समेत छन् ।

 

अन्य ९ लोकप्रिय विधामा पनि एसएमएस भोटिङको व्यबस्था गरिएको छ। ती १८ विधामा ९० प्रतिशत अंक निर्णायक मण्डल र १० प्रतिशत अंक एसएमएस भोटिङबाट मिलाई विजेता चयन गरिनेछ । दर्शकहरुले लोकप्रिय १० विधामा एसएमएस भोटिङ गर्न सक्ने ब्यबस्था मिलाइएको छ ।

 

अवार्ड समारोहका लागि व्यापक रुपमा तयारी चलिरहेको आयोजक समितिका निर्देशक तथा कामना न्यूज पब्लिकेसन्स्का प्रधान सम्पादक पुष्करलाल श्रेष्ठले जानकारी दिए । ‘कामनाको जन्म नै कलाकार, कलाकर्मी र फिल्म क्षेत्रको विकास र विस्तारका लागि भएको हो । नेपाली कलाकार र फिल्म क्षेत्रले पनि मान सम्मान र प्रतिष्ठा हासिल गर्नुपर्छ भन्ने उद्येश्यमा हामी सफल हुँदै आएका छौँ ।

 

यही उद्येश्यबाट प्रेरित भएर अवार्डको शुरुवात गरेका हौँ’ उनले थपे । अवार्ड आयोजक समितिका सदस्य तथा कामनाका सम्पादक विदुर गिरीले यस वर्षको अवार्ड समारोह ख्याति प्राप्त कलाकारहरुको प्रस्तुतिका साथ भव्य रुपमा सम्पन्न हुने बताए ।

यस्तो छ अवार्डको मनोनय सूचि

 

विधाः सर्वोत्कृष्ट चलचित्र  

छक्का पञ्जा
डाईङ क्यान्डल
गाजलु
जात्रा
के म तिम्रो होइन र

विधाः सर्वोत्कृष्ट निर्देशक

सुवर्ण थापा – बाटो मुनिको फूल २
दिपेन्द्र के खनाल – चपलि हाइट २
हेमराज बिसी – गाजलु
आकाश अधिकारी – के म तिम्रो होइन र
निश्चल बस्नेत – लुट २

विधाः सर्वोत्कृष्ट नवनिर्देशक
दीपाश्री निरौला – छक्का पञ्जा
नरेश कुमार केसी – डाइङ क्यान्डल
प्रदीप भट्टराई – जात्रा
रोज राणा – जय परशुराम
सन्तोष सिवाकोटी – शब्द

विधाः सर्वोत्कृष्ट अभिनेता
दयाहाङ राई – विर विक्रम
अनमोल केसी – गाजलु
विपीन कार्की – जात्रा
निखिल उप्रेती – निर्भय
सौगात मल्ल – शब्द

विधाः सर्वोत्कृष्ट अभिनेतृ
प्रियंका कार्की – छक्का पञ्जा
सृजना सुब्बा – डाइङ क्यान्डल
वर्षा राउत – जात्रा
केकी अधिकारी – लभ सासा
नीता ढुंगाना – निर्भय

विधाः सर्वोत्कृष्ट नवअभिनेता
सुगम गुरागाईं – ब्रासलेट
आयुषमान देशराज श्रेष्ठ – चपलि हाइट २
आर्यन अधिकारी – के म तिम्रो होइन र
पृथ्वीराज प्रसार्इं – किस्मत २
सञ्जय गुप्ता – सफर

विधाः सर्वोत्कृष्ट नवअभिनेत्री
दीया पुन – विर विक्रम
सृष्टि श्रेष्ठ – गाजलु
नम्रता श्रेष्ठ – गाँठो
मरिष्का पोखरेल – के म तिम्रो होइन र
कमली वाइबा लामा – शब्द

 

विधाः सर्वोत्कृष्ट सहअभिनेता

टिका पहाडी – बाटो मुनिको फूल २
जितु नेपाल – छक्का पञ्जा
शिवहरी पौडेल – छक्का पञ्जा
गौरव पहाडी – गाजलु
रविन्द्र बानियाँ – जात्रा

विधाः सर्वोत्कृष्ट सहअभिनेतृ

सुभद्रा अधिकारी – बाटो मुनिको फुल २
वर्षा राउत – छक्का पञ्जा
मेनुका प्रधान – गाजलु
गौरी मल्ल – होमवर्क
सविना गोपाली – के म तिम्रो होइन र

विधाः सर्वोत्कृष्ट खलपात्र
ध्रुव कोईराला – बाजिगर
अर्पण थापा – विर विक्रम
दीपकराज गिरी – छक्का पञ्जा
कमलमणि नेपाल – जात्रा
कामेश्वर चौरासिया – पलास

विधाः सर्वोत्कृष्ट हास्य कलाकार
केदार घिमिरे – छक्का पञ्जा
रविन्द्र झा – जात्रा
दयाहाङ राई – लुट २
सलोन बस्नेत – गाजलु
बुद्धि तामाङ – छक्का पञ्जा

विधाः सर्वोत्कृष्ट बालकलाकार
लाक्पा सिंघे तामाङ – डाइङ क्यान्डल
अरविन्द खड्का – जात्रा
अंग्रकित खड्का – लुट २
प्रसिद्धि भट्टराई – निर्भय
अनुभव रेग्मी – शब्द

विधा: कथा
यश कुमार – बाटो मुनिको फूल २
दीपकराज गिरी – छक्का पञ्जा
नरेशकुमार केसी – डाइङ क्यान्डल
हेमराज विसी – गाजलु
शिवम अधिकारी – होमवर्क

विधा : पटकथा
यश कुमार – बाटो मुनिको फुल २
दीपकराज गिरी – छक्का पञ्जा
नरेशकुमार केसी – डाइङ क्यान्डल
हेमराज विसी – गाजलु
प्रदीप भट्टराई – जात्रा

विधा : संवाद
यश कुमार – बाटो मुनिको फुल २
दीपकराज गिरी,केदार घिमिरे,जितु नेपाल – छक्का पञ्जा
हेमराज बिसी – गाजलु
प्रदीप भट्टराई – जात्रा
यम थापा – शब्द

विधाः सर्वोत्कृष्ट गीतकार

सुरेश प्राञ्जली – बाटो मुनिको फुल २ – नरुने आँखा
अर्जुन पोखरेल – किस्मत २ – यी आँखा लैजाउ
दयाराम पाण्डे – पलास – तिमी साथमा
डा. कृष्णहरी बराल – शब्द – हरपल
उत्तम भौकाजी – सफर – प्रियतमा

विधाः सर्वोत्कृष्ट संगीतकार

तारा प्रकाश लिम्बु – विर विक्रम – हारें हारें
राजनराज शिवाकोटी – छक्का पञ्जा – पूर्व पश्चिम रेल
कालिप्रसाद बासकोटा – लुट २ -ठमेल बजार
अर्जुन पोखरेल – निर्भय – यो दुनिया“
बसन्त सापकोटा – राधा – छपक्कै

 

विधाः सर्वोत्कृष्ट पाश्र्व गायक

ताराप्रकाश लिम्बु – विर विक्रम – हारे“ हारे“
राजनराज शिवाकोटी – छक्का पञ्जा – पूर्व पश्चिम रेल
कृष्ण काफ्ले – छक्का पञ्जा – सुन न चम्पा
प्रताप दास – के म तिम्रो होइन र – पागल
युवराज चौलागाईं – पलास – तिमी साथमा
स्वरुपराज आचार्य – शब्द – हरपल

 

विधाः सर्वोत्कृष्ट पाश्र्व गायिका

जलजला परियार – बाटो मुनीको फुल २ – केही कदम
मिलन अमात्य – हाउ फन्नी – यो के हो
अञ्जु पन्त – किस्मत २ – यी आँखा लैजाउ
मिना निरौला – लुट २ – ठमेल बजार
मेलिना राई – राधा – छपक्कै

विधाः सर्वोत्कृष्ट नृत्य निर्देशन

कविराज गहतराज – छक्का पञ्जा-पूर्र्व पश्चिम रेल
रामजी लामिछाने – किङ- अधुरो
कविराज गहतराज – किस्मत २ – तिम्रो पिक्चर हिट
विक्रम स्वा“र – लुट २ – ठमेल बजार
कविराज गहतराज – राधा – छपक्कै

विधा : पार्श्व संगीत

डिजे एलएक्स – बाटो मुनिको फुल २
सुजिल कर्मचार्य – छक्का पञ्जा
रोहित शाक्य – लुट २
रोहित शाक्य,शैलेश श्रेष्ठ – जात्रा
एलिश कार्की – के म तिम्रो होइन र ?

विधाः सर्वोत्कृष्ट द्दन्द निर्देशन

एनबी महर्जन – जय परशुराम
हिमाल केसी – के म तिम्रो होइन र
रोशन श्रेष्ठ – किङ
चन्द्र पन्त – किस्मत २
राजकुमार उप्रेती – लुट २

विधाः छायांकन

पुरुषोत्तम प्रधान – छक्का पञ्जा
निरज कँडेल – चपलि हाइट २
रविन आचार्य – डाइङ क्यान्डल
शैलेन्द्र डि कार्की – गाजलु
पुरुषोत्तम प्रधान – लुट २
शिव ढकाल – शब्द

विधा : सम्पादन

विपीन मल्ल – छक्का पञ्जा
भुपेन्द्र अधिकारी – डाइङ क्यान्डल
सुरेन्द्र पौडेल – गाजलु
मित्र डि गुरुङ – जात्रा
सुरेन्द्र पौडेल – लुट २
विधा : ध्वनी मिश्रण

उत्तम न्यौपाने – गाजलु
सुनयमान श्रेष्ठ – छक्का पञ्जा
उत्तम न्यौपाने – चपलि हाईट २
मनोज राजभण्डारी – जात्रा
मुकेश शाह – के म तिम्रो होइन र

विधा – श्रृंगार 

सरोज बुढाथोकी – डाइङ क्यान्डल
सरोज बुढाथोकी – गाजलु
शिवराम केसी – जात्रा
ईश्वर श्रेष्ठ – के म तिम्रो होइन र
अमृत मरहठ्ठा – लुट २
विधाः लक्स पपुलर च्वाइस अवार्ड

वर्षा राउत
केकी अधिकारी
प्रियंका कार्की
ऋचा शर्मा
सृष्टि श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्