Logo

नेपाल आईडल बुद्ध लामा , निशान र प्रताप अस्ट्रेलिया प्रस्थान

स्तावेज, मंसिर ४ गते, सोमबार,२०७४-नेपाल आइडलको अस्ट्रेलिया संस्करण अन्तर्गतको पहिलो कार्यक्रमको लागि नेपाल आइडलका विजयीहरू बुद्ध लामा, निशान भट्टराई र प्रताप दास अस्ट्रेलियाको राजधानी क्यानबेरा आइपुगेका छन् । आगामी शुक्रबार हुने कार्यक्रमको लागि उनीहरू बुधबार बिहान क्यानबेरा एयरपोर्टमा आइपुगेका हुन्।

बुद्ध ,निशान र प्रतापलाई विमानस्थलमा स्वागतार्थ नेपाल आइडल इभेन्ट क्यानबेरा व्यवस्थापक राजु अधिकारी, निरज गौली, एनआरएनए संयोजक राजन ढुंगेल, अग्रज कृष्ण हमाल, एएनएफएसका अध्यक्ष जीवन राना सिएनएफसीका अध्यक्ष चुडामणी सापकोटा लगायतको बाक्लो उपस्थिति रहेको थियो।

क्यानबेराको कार्यक्रमका लागि सबै तयारी पूरा भएको आयोजकका तर्फबाट राजु अधिकारीले जानकारी दिए।कार्यक्रमका लागि नेपाल आइडलका विजयीहरूसँगै कार्यक्रम संचालनका लागि सुशील नेपाल र व्यवस्थापनका लागि अन्य साथीहरू पनि नेपालबाटसँगै गएका थिए। यस सिलसिलामा नेपाल आइडल विजेता बुद्ध लामाले कुराकानी गर्दै भने ‘तपाईंहरूलाई मन छुने सांगीतिक कोशेली लिएर अस्ट्रेलिया आएका छौं।

कार्यक्रममा सहभागी भएर हौसला बढाइदिनुहोस् ।’क्यानबेराको पहिलो कार्यक्रम २४ नोभेम्बर शुक्रबारका दिन हुने मुख्य आयोजक नेपाल टचका राजकुमार गोश्वामीले बताए। त्यसपछि ब्रिसबेन र डिसेम्बर एक तारिखमा ओलिम्पक पार्क सिडनीमा भव्य कार्यक्रमको आयोजना हुने बताइएको छ।चर्चित रियालीटी शो विजेताहरूको कार्यक्रम अस्ट्रेलियन सहरमा निकै चर्चाको विषय बनेको छ।

प्रतिक्रिया दिनुहोस्